Shikhar Insurance

अर्थमन्त्रीसामु व्यापारीले गरे सेग्मेन्ट परिवर्तनले मोटरसाइकलको मूल्य बढ्ने गुनासो, पुरानै व्यवस्थाको माग

सिंहदरबार संवाददाता
२०७८ भाद्र ३०, बुधबार १८:२२
NIMB
Nabil Bank

काठमाडौं । नाडा नाडा अटोमोबाइल्स डिलर एसोसिएसन अफ नेपालले अर्थमन्त्री जनार्दन शर्मासामु सेग्मेन्ट परिवर्तनले मोटर्साकलको मूल्य बढाउने गुनासो गरेको छ । उपाध्यक्ष करण चौधरीको नेतृत्वमा गएको ८ सदस्यिय प्रतिनिधिमण्डलले अर्थमन्त्रीसँग भेट गरी २०७८/७९ को प्रतिस्थापन बजेटले अटोमोबाइलक्षेत्रमा पारेको प्रभावबारे छलफल गरेको हो । जसमा होण्डा र यामाहाको नेपालका आगि आधिकारिक विक्रेताका प्रतिनिधि पनि सामेल थिए ।

भेटमा एसेम्बलका लागि पार्टस् ल्याउँदा दिइएको छुटको स्वागत पनि गरिएको थियो । उपाध्यक्ष चौधरीले एसेम्बल गरी नेपालमा सवारी साधन उत्पदान गर्ने उद्योगले अनएसेम्बल अवस्थाका शीर्षक ८७.०२, ८७.०३ र ८७.११ मा पर्ने सवारी पैठारी गर्दा लाग्ने अन्तःशुल्क र त्यस्ता उद्योगले उत्पादन गरेको तयारी साधन बिक्री गर्दा लाग्ने अन्तःशुल्क महशुलमा ५० प्रतिशत छुट दिने स्पष्ट व्यवस्था गरिएकोमा नाडाले त्यसको स्वागत गरेको बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

एसेम्बल कति पार्टस्मा आउनु पर्ने हो ? कुन पार्टस एसम्बलिङ्ग हो ? सरकारले त्यसको स्पष्ट वर्गीकरण गर्नुपर्ने सुझाव उनको छ । छलफलमा चौधरीले नेपालमा गुणस्तरीय लुब्रिकेन्टको आयात र उत्पादनका लागि पनि सरकारले सोही अनुरुप नीति ल्याउनु पर्ने आग्रह गरे ।

सरकारले अनधिकृत स्पेयर पार्टसको आयात रोक्न आधिकारिक व्यवसायलाई प्रोत्साहित गर्नु पर्ने जिकिर गरे । चौधरीले नेपालको उद्योग व्यवसायको प्रवद्र्धनका लागि नीतिमा स्थिरता हुनु पर्ने भन्दै त्यस किसिमको नीति निर्माण गर्दा सरकारले नाडालाई पनि एउटा मुख्य स्टेकहोल्डरको रुपमा लिनु पर्ने बताए ।

नाडाका केन्द्रीय कार्यसमिति सदस्य तथा मोटरसाइकल समितिका सभापति अभिक ज्योति (हिरो मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता नेपाल जनरल मार्केटिङका प्रतिनिधि) नेपालमा १६० सीसीसम्मका मोटरसाइकल दुई तिहाइको संख्यामा बिक्री हुने बताउँदै अहिलेको सेगमेन्ट परिवर्तनले मोटरसाइकल प्रयोगकर्तामा आर्थिक भार थपिन पुगेको मात्र नभई अलमलमा समेत पर्ने बताउँदै सरकारले गरेको वर्तमान सेगमेन्टलाई पहिले कै अवस्थामा ल्याउँदा सबैलाई सहज हुने बताए ।

छलफलमा दुगड ब्रदर्श एन्ड सन्सका प्रबन्ध निर्देशक विवेक दुगडले सरकारले २५० सीसी भन्दा माथिका मोटरसाइकललाई हेभी सवारी साधन मानेको तर नेपालको पहाडी धरातलीय अवस्थितिका कारण र पर्यटन प्रवद्र्धनका लागि उच्च सीसीका मोटरसाइकल आवश्यक पर्ने बताए ।

मन्त्री शर्माले सरकारले नेपालमा उद्योगको उत्थानका लागि उच्च प्राथमिकता दिएको बताउँदैसोही अनुरुपका नीतिहरु ल्याइएको बताए । यसबाट थप रोजगारी रोजगारी मात्र सिर्जना हुने नभई दक्ष जनशक्ती पनि तयार हुने, लगानी र उत्पादन पनि बढ्ने दाबी गरे ।

उद्योग व्यवसाय क्षेत्रकोे समस्या समाधानका लागि सरकारले कर पूनरावलोकन आयोग समेत गठन गर्न लागेको उनको भनाइ छ । छलफलमा नाडाका सचिव अनुप बराल, केन्द्रीय कार्य समिति सदस्य दिपक अग्रवाल, एमएडब्लु इन्टरप्राइजेज (यामाहाको नेपालका आगि आधिकारिक विक्रेता) बाट राजु श्रेत्री, एसएलआर टेक्नो ट्रेड प्रालि बाट सुगम घिमिरे समेतको उपस्थिति थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्