Shikhar Insurance

नेपालको जनसंख्या ४० लाख बढ्ने प्रक्षेपण, राजधानीमा ट्याब्लेटबाट जनगणना गरिने

सिंहदरबार संवाददाता
२०७८ भाद्र ३०, बुधबार १८:३८
NIMB
Nabil Bank

काठमाडौँ । केन्द्रीय तथ्याङक विभागले यसपटक जनसंख्या तीन करोड पाँच लाखको हाराहारीमा पुग्ने अनुमान गरेको छ । मृत्युदरभन्दा जन्मदर बढी भएकाले १० वर्षको अवधिमा नेपालको जनसंख्या ४० लाख बढेर तीन करोड पाँच लाख पुग्ने अनुमान तथ्यांक विभागले गरेको हो । राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको जनसंख्या दुई करोड ६५ लाख थियो ।

तथ्यांक विभागका कम्पयुटर अधिकृत डोल नारायण श्रेष्ठका अनुसार सोही प्रक्षेपणलाई आधार मानेर बुधबारबाट राष्ट्रिय जनगणना सुरु भएको छ ।  ’२०६८ को जनगणनामा देखिएको जन्मदर र मृत्युदर कायमै रहेको विभागको बुझाइ छ’, श्रेष्ठले न्युज कारखानासँग भने, सो जन्मदर र मृत्युदर कायम रहेको खण्डमा नेपालीको जनसंख्या अब ४० लाख बढेर तीन करोड पाँच लाख हाराहारिमा पुग्ने देखिन्छ ।

Citizen Life
Kumar Bank

१२औँ राष्ट्रिय जनगणनाको पहिलो चरणअन्तर्गत बुधबारदेखि घर तथा घरपरिवार सूचीकरण जारी छ । यसअघि गत २५ जेठदेखि जनगणना गर्ने कार्यक्रम तय गरिएकोमा कोरोना महामारीका कारण जनगणना स्थगित गरिएको थियो।

साढे तीन महिना धकेलिएको यो कार्यक्रम ’मेरो जनगणना, मेरो सहभागिता’ भन्ने नारासहित देशभर जनसंख्या संकलन सुरु भएको छ । हाल कोरोनाको संक्रमण दर घट्दै गएको, लकडाउनको अवस्था नरहेको र जनजीवन सामान्य बन्दै गएको अवस्थालाई मध्यनजर गर्दै सरकारले सूचीकरण अभियान सुरु गरेको हो।

८ हजार ५ सय गणक, ७० हजार घरमा पुग्ने

राष्ट्रिय तथ्यांक विभागले सार्वजनिक गरेको नयाँ तालिका अनुसार ३० भदौदेखि १८ असोज अर्थात् २० दिनसम्म घर तथा घरपरिवार सूचीकरणको काम हुनेछ । २७ र २८ भदौमा तालिम प्राप्त आठ हजार पाँच सय सुपरीवेक्षक सूचीकरणमा खटिएका छन् । सुपरीवेक्षकहरू देशभरका करिब ७० हजार घर परिवारमा पुग्नेछन्।

सूचीकरणमा घरपरिवारमा बसोबास गर्ने सदस्य महिला, पुरुष र यौनिक तथा लैंगिक अल्पसंख्यकको संख्या विवरणमा भरिनेछ । साथै व्यक्तिगत घरको प्रकार, घरको संख्या, तला र घरको प्रयोजन खुलाइनुका साथै प्रत्येक घर परिवारले पालेका पशु र पन्छीको संख्या, जग्गाजमिन, सम्पत्ति विवरण, बैंक खाता लगायतका विवरण भरिनेछ ।

सुपरीवेक्षकहरूले घर तथा घरपरिवारमा गएर छ वटा विवरण लिने केन्द्रीय तथ्यांक विभागले जनाएको छ । जसअन्तर्गत घर तथा घरपरिवार सूचीकरण फारम, मोबाइल एपमा दैनिक कामको विवरण, कृषि उतार फारम, घरपरिवार उतार सूचीकरण फारम, सामुदायिक प्रश्नावली र गणकको अनुगमन गर्नेलगायत रहेको विभागका कम्पयुटर अधिकृत श्रेष्ठले न्युज कारखानालाई बताए ।

काठमाडौँ उपत्यकामा ट्याबलेटबाट, बाहिरी जिल्लामा कागजी

यसपटकको गणनामा काठमाडौँ उपत्यकामा दुई हजार दुई सय वटा ट्याबलेट(पेपरलेस) प्रयोग गरी सूचीकरण सुरु गरिएको छ भने अन्य स्थानमा भने कागजी फर्म नै भरिनेछ।

घर तथा घरपरिवार सूचीकरणको काममा सहयोग पुर्‍याउन सबै उत्तरदातालाई विभागले अनुरोध गर्दै जनगणनाको अपनत्व लिइदिन आग्रहसमेत गरेको छ ।

कोरोना कहरकाबीचमा सुरू गरिएको गणनामा सुपरीवेक्षकहरूलाई कडाइका साथ स्वास्थ्य मापदण्ड पालना गरी खटाइएको विभागको दाबी छ । सुपरीवेक्षकहरूले गणना अवधिभर अनिवार्य रुपमा मास्क स्यानिटाइजरको प्रयोग गर्नुपर्नेछ ।

यसअघि १६ वैशाखमा सुपरीवेक्षक तालिम सुरु गर्ने, २६ देखि घरपरिवार सूचीकरण, १७ जेठबाट गणक तालिम, २५ जेठबाट मूल गणना कार्य थाल्ने कार्यक्रम थियो । तर, कोरोनाका कारण स्थगित जनगणना फेरि सुरु भएको हो ।

मूल जनगणना भने ५ कात्तिकदेखि ९  मंसिरसम्म हुनेछ ।  मूल जनगणनामा ३९ हजार गणकले प्रत्येक घरपरिवारमा मूल प्रश्नावली सोध्नेछन्  ।

नेपालमा विक्रम संवत् १९६८ मा चन्द्र समशेर जबराको पालामा पहिलो राष्ट्रिय जनगणना भएको थियो । त्यसयता हरेक १०/१० मा जनगणना हुँदै आएको छ । यद्यपि, पाँचौ राष्ट्रिय जनगणना निर्धारित मितिभन्दा पछि सम्पन्न भएको थियो । जसलाई ‘जनगणना २००९/११’ भनिन्छ ।  यो जनगणना मुलुक संघीयतामा प्रवेश गरेपछिको पहिलो जनगणनासमेत हो ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्