Shikhar Insurance

बिकास हाइड्रोपावरले १३ करोड बढीको आईपीओ जारी गर्ने, बिक्रि प्रबन्धक बन्यो प्रभु क्यापिटल

सिंहदरबार संवाददाता
२०७८ भाद्र ३१, बिहीबार २०:५५
NIMB
Nabil Bank

काठमाडौं । विकास हाइड्रोपावरले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौता मिति २०७८ भदौ ३१ गते विकास हाइड्रोपावरका तर्फबाट प्रबन्ध निर्देशक कृष्ण प्रसाद घिमिरे तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरे ।

कम्पनीले गोरखा जिल्लाको दार्चे गाउँपालिकामा अवस्थित माछा खोलामा अपर माछा खोला स्मल हाइड्रोपावर आयोजना निर्माण गरीरहेको छ । ४.५५ मेगावाट क्षमताको आयोजना निर्माण गरेको कम्पनीले हालसम्म ५० प्रतिशत निर्माण कार्य सम्पन्न गरिसकेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीले अधिकृत तथा जारी पूँजी ४६ करोड २८ लाख ५० हजार रुपैयाँ छ । कम्पनीले अधिकृत पुँजीको ३० प्रतिशतले हुन आउने १३ करोड ८८ लाख ५० हजार रकम बराबरको १३ लाख ८८ हजार ५०० कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्