Shikhar Insurance

रेमिट्यान्समा क्रान्ति : ‘कस्ट अफ मुभिङ मनी’ घटाउन सघाउँदै इसेवा मनि ट्रान्स्फर

रोविन पौडेल
२०७८ आश्विन १, शुक्रबार ०८:४३
NIMB
Nabil Bank

काठमाडौं । कुनै दिन थियो, विदेशबाट पैसा पठाउन निकै झमेला भोग्नुपर्थ्यो ।

कतारको उदाहरण लिऔं । वैदेशिक रोजगारीका क्रममा त्यहाँ रहेका नेपाली नागरिकले नेपाल पैसा पठाउन चाहनेले सुरुमा स्थानीय बैंक खाताबाट पैसा झिक्नुपर्थ्यो । नजिकको रेमिट्यान्स कम्पनी वा नेपालमा पैसा पठाउने सेवा दिने बैंकमा जानुपर्छ । टाढा भए ट्याक्सी खर्च हुन्थ्यो । पैसा पठाउँदा उच्च शुल्क तिर्नुपर्थ्यो ।

Citizen Life
Kumar Bank
Nepal Life

पैसा पठाएपछि प्राप्त पिन नम्बर पैसा प्राप्त गर्ने व्यक्तिलाई पठाउनुपर्थ्यो । पैसा प्राप्त गर्ने व्यक्तिले जुन रेमिट्यान्स कम्पनीबाट पैसा पाएको हो, उसको एजेन्टकहाँ जानुपर्थ्यो । ५२ वटा रेमिट्यान्स कम्पनीमध्ये आफू कुनमा जाने पहिचान गर्नुपर्थ्यो ।

त्यहाँबाट नगद झिकेर फर्कंदा बाटो लुटपाटको डर उत्तिकै ।

आज विदेशबाट पैसा पठाउन पारम्परिक माध्यम पालना गरेपनि हुन्छ तर, सो माध्यम न त सजिलो छ, न त छिटो नै, न सुरक्षित नै छ ।

यो लामो प्रक्रियालाई डिजिटिल रेमिट्यान्सले निकै सजिलो, सुरक्षित, सस्तो र पारदर्शी बनाइदिएको छ । रेमिट्यान्स डिजिटल माध्यमबाट पठाउँदा सीधै बैंक खातामा वा वालेट प्राप्त गर्न सकिन्छ । र, बैंकमा पैसा राख्दा फजुल खर्च गर्ने बानी पनि हट्छ । चोरिने र हराउने डर पनि अन्त्य हुन्छ ।

तपाईंलाई विदेशबाट पैसा पठाउने सो तरिका जान्न मन छ भने यसो गर्नुस्ः
सुरुमा, कुन रेमिट कम्पनीबाट पैसा पठाउने हो ? त्यसको वेबसाइटमा जानुस् । पैसा पठाउन चाहने देशको नाममा नेपाल छान्नुस् । कति पठाउन चाहनु भएको हो ? रकम उल्लेख गर्नुस् । पठाउने पैसा कुन माध्यमबाट तिर्ने ? डेबिट वा अरु उपलब्ध विकल्प छान्नुस् ।  पैसा कुन माध्यमबाट प्राप्त हुने ? नगद, बैंक खाता वा वालेटमध्ये एउटा छान्नुस् । त्यहाँ पैसा पाउने व्यक्तिले कति पैसा प्राप्त गर्छ ? त्यो देखिन्छ ।

सबै विवरण भरिसकेर सजिलै पैसा पठाउनुस् ।

वा,

इसेवा मनि ट्रान्स्फरको वेबसाइटमा जानुस् । इसेवा मनि ट्रान्स्फरले पैसा पठाउन र प्राप्त गर्न निकै सजिलो बनाइदिएको छ । इसेवा मनि ट्रान्स्फरको वेबसाइटमा गए ‘डोमेस्टिक’ र ‘इन्टरनेसनल’ भन्ने विकल्प आउँछ । इन्टरनेसनल छान्नुस् ।
त्यहाँ कुन देशबाट पैसा पठाउने उल्लेख गरेपछि इसेवाको साझेदारहरुको सूची आउँछ ।

मानौं, तपाईं कतारबाट पैसा पठाउन चाहनुहुन्छ भने इसेवा मनि ट्रान्स्फरको वेबसाइटमा निम्न विकल्प आउँछ ।

यीमध्ये आफूलाई सजिलो हुने साझेदारको नाममा क्लिक गर्नुस् । र, माथि उल्लेख गरेको प्रक्रियाबाट सजिलै पैसा नेपाल पठाउनुस् । सो रकम पठाउनेका साथीभाइ तथा आफन्तले ३ विकल्पमध्ये पठाउनेले छानेको एउटाबाट निकाल्न सक्नेछन् ।

यसरी डिजिटल माध्यमबाट पैसा पठाउँदा समयको बचत हुने वा सुरक्षित हुनेमात्र हुँदैन, ‘कस्ट अफ मुभिङ मनी’ पनि घट्छ ।

कस्ट अफ मुभिङ मनी घटाउन इसेवाको पृथक योगदान
एक ठाउँबाट अर्को ठाउँमा पैसा पठाउँदा लाग्ने शुल्क कस्ट अफ मुभिङ मनी हो । विश्व बैंकले सन् २००९ मा गरेको एउटा अध्ययनले कस्ट अफ मुभिङ मनि १० प्रतिशत रहेको देखाएको थियो । जसलाई दीगो विकास लक्ष्यले सन् २०३० सम्म ३ प्रतिशतमा झार्ने उद्देश्य लिएको छ र ३ प्रतिशतमा झार्न पारम्पारिक रेमिट्यान्स डिजिटलमा सिफ्ट भयो भने मात्र सम्भव छ ।

सन् २०२१ मार्चमा गरेको अध्ययनअनुसार ग्लोबल कस्ट अफ मुभिङ मनि ६.३८ प्रतिशतमा झरेको पाइएको छ । अध्ययनले २०० अमेरिकी डलर पठाउँदा ६.३८ प्रतिशत शुल्क तथ्य फेला पारेको छ भने ५०० डलर पठाउँदा ४.२२ प्रतिशत लाग्ने पाइएको छ ।

क्षेत्रगत रुपमा हेर्दा सबैभन्दा सस्तो कस्ट अफ मुभिङ मनि दक्षिण एशियामा (४.६४ प्रतिशत) छ भने सब–सहारान अफ्रिकाको सबैभन्दा उच्च (८.०२ प्रतिशत) छ ।

विश्व बैंकको अर्को अध्ययनले सबैभन्दा सस्तो रेमिट्यान्स मोबाइल मनि भएको प्रमाणित गरेको छ । वालेटमा राखिने पैसालाई मोबाइल मनि भनिन्छ । दक्षिण एशियामा पनि सबैभन्दा सस्तो मोबाइल मनि नै छ ।

इसेवा मनि ट्रान्स्फरका महाप्रबन्धक सागर खनाल भन्छन्, “इसेवा मनि ट्रान्स्फरको मुख्य भिजन पनि डिजिटल रेमिट्यान्सको माध्यमबाट कस्ट अफ मुभिङ मनि घटाउने हो ।” इसेवाले बैंक खाता, वालेटमा सीधै पैसा पाउन सक्ने प्रणाली विकास गरेको छ ।

इसेवा मनि ट्रान्स्फरका महाप्रबन्धक सागर खनाल

खनालका अनुसार इसेवा वालेटको ५० लाखभन्दा बढी सेवाग्राही छन् । “उहाँहरुको आफन्तले हाम्रो २३ वटा साझेदार (बढ्ने क्रममा रहेको) का माध्यमबाट इसेवा वालेटमा पैसा पठाउन सक्छ,” खनालले भन्छन्, “अहिले २०० वटाभन्दा बढी देशमा इसेवामा पैसा पठाउने सेवा पाउन सकिन्छ । वा बैंक खातामा सोझै पैसा पठाउन सकिन्छ । वा, नगद पठाउन पनि सकिन्छ ।”

कस्ट अफ मुभिङ मनिमा रेमिट्यान्स शुल्कमात्र समावेश हुँदैन । समय पनि बराबर जोडिन्छ । सेवाग्राहीले जति चाँडो सेवा पायो लागत त्यति नै कम हुन्छ ।

कतारबाट पठाएको पैसा भोलिपल्ट मात्र सेवा ग्राहीले पाएको स्थितिमा १ दिन सेवाग्राहीको अपरच्युनिटी कस्ट गुम्छ । अर्थात् पठाएको ५ वा १० मिनेटमै प्राप्त गरे लागत घटेको भन्न मिल्छ ।

अगस्ट, २०२१ को तथ्यांक हेर्दा इसेवा मनि ट्रान्स्फरबाट नेपाल भित्रिने ९० प्रतिशत रेमिट्यान्स ५ मिनेटभन्दा कम समयमा प्राप्त भएको देखिन्छ । नगद रेमिट्यान्स पनि रियल टाइममा प्राप्त गर्न सकिन्छ ।

“छिटो सेवा दिनका लागि हामी २४ सै घन्टा खटिएका छौं,” खनालले थप्छन् ।

पैसा पठाउने व्यक्तिले नगद पठाएको छ भने पनि सो रकम इसेवा वालेटमा सीधै प्राप्त गर्न सकिन्छ । त्यसका लागि इसेवा वालेटमा रहेको रेमिट्यान्स अप्सन भित्र ‘रिसिभ मनि’ भन्ने बटन क्लिक गरी उताबाट पठाएको पैसा प्राप्त गर्न सकिन्छ । त्यहाँ पैसा पठाएको व्यक्तिले दिएको पिन नम्बर हाले पैसा तुरुन्तै वालेटमा प्राप्त हुन्छ ।

“यसको अर्थ हामी नगद कारोबार पनि डिजिट माध्यमबाट प्राप्त गर्नुपर्छ भन्ने विचार प्रबद्र्धन गरिरहेका छौं,” खनालले भने, “डिजिटल माध्यमबाट एकपल्ट पैसा प्राप्त गर्ने व्यक्तिले अर्कोपल्ट देखि डिजिटल मै पठाउन माग गर्ने हाम्रो बुझाइ छ ।”

डिजिटल माध्यमबाट वालेटमा पैसा पठाउँदा इसेवाले १०० रुपैयाँ बोनस दिइरहेको छ भने नगद पठाएको रेमिट्यान्स वालेटमा प्राप्त गर्नेलाई ७७ रुपैयाँ बोनस दिइएको छ ।

“डिजिटल रेमिट्यान्स प्रबद्र्धन गर्ने नेपाल राष्ट्र बैंकको योजना, कस्ट अफ मुभिङ मनि घटाउने विश्व बैंकको लक्ष्य हासिल गर्न सघाइरहेका छौं,” खनालले भने ।

डिजिटल रेमिट्यान्समा इसेवाले कसरी सघाइरहेको छ ?
पछिल्लो १ वर्ष अध्ययन गर्दा इसेवा मनि ट्रान्स्फरबाट प्राप्त हुने रेमिट्यान्समा अरु रेमिट्यान्स कम्पनीको भन्दा विपरित परिवेश देखापरेको छ । इसेवा मनि ट्रान्स्फरबाट पठाइने रेमिट्यान्समध्ये १० प्रतिशतभन्दा कम नगद छ । ९० प्रतिशत पैसा बैंक वा इसेवा वालेटमा प्राप्त भएको छ ।

प्रतिस्पर्धी रेमिट्यान्स कम्पनीको ठूलो हिस्सा नगद रेमिट्यान्स हो । बैंक वा वालेटमा प्राप्त हुने रेमिट्यान्सको मात्रा कम हुन्छ ।

“हामी पृथक हुनुको कारण के हो भने ‘सेन्डिङ साइड’ (पठाउने पट्टि) का धेरै जसो साझेदार पनि डिजिटल माध्यममा काम गर्छन्,” खनालले भने, “प्राप्त गर्नेपट्टि पनि हामीले डिजिटल माध्यमबाट प्राप्त गर्नुपर्छ भनेर प्रचारप्रसार गर्दै आएका छौं ।”

इसेवा मनि ट्रान्स्फरका महाप्रबन्धक सागर खनाल

विदेशबाट पैसा पठाउनेमध्ये ८० प्रतिशतले डिजिटल माध्यमबाट पठाइरहेका छन् अर्थात् उनीहरु मोबाइल एप्लिकेसन वा वेबसाइटमार्फत् पैसा नेपाल पठाएँछन् । यो तथ्यलाई इसेवा मनि ट्रान्स्फरले आफूमार्फत् नेपाल भित्रिने ८० प्रतिशतभन्दा बढी रेमिट्यान्स डिजिटल माध्यमबाट भित्र्याइरहेको दाबी गरेको छ ।

कोभिडबीच पनि रेमिट्यान्स बढ्यो, अबको टार्गेट साउदी, कतारलगायत मध्यपूर्व
गत आर्थिक वर्ष अर्थात आव २०७७/७८ मा ९ खर्ब ६१ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ जुन आव २०७६/७७ को तुलनामा ९.८ प्रतिशत बढी हो । यो बीचमा कोभिडका कारण रेमिट्यान्स घट्ने धेरैले अनुमान गरेका थिए । रेमिट्यान्स बढ्नुको कारण अस्ट्रेलिया, कोरिया, मलेसिया जस्ता बढी हुण्डी हुने देशमा हुण्डी लगायतका गतिविधि कम हुनु थियो । यसैगरी नेपालमा रहेका परिवारलाई पैसाको आवश्यकता बढेकाले जोहो गरेको वा ऋण गरेर पैसा नेपाल पठाएका थिए । यो अवधिमा डिजिटल रेमिट्यान्स (पठाउने तर्फ) बढेको छ ।

नेपालबाट वैदेशिक रोजगारीमा जाने भन्दा यसबीचमा फर्कनेको संख्या बढी भएपनि रेमिट्यान्स बढेको हो ।

विकसित मुलुकबाट पैसा पठाउँदा पढेलेखेको व्यक्तिले पनि हुण्डी रोज्ने गरेकामा कोभिडको अवधिमा सो माध्यम प्रभावित भयो । फलस्वरुप वैधानिक माध्यमबाट नेपाल पैसा आयो । त्यसतिबेला पैसा पठाउन चाहनेलाई डिजिटल माध्यम रोज्नै पर्ने बाध्यता भयो ।

नेपालमा पनि पैसा प्राप्त गर्ने व्यक्ति भौतिक रुपमा उपस्थित हुन सक्ने स्थिति थिएन । यो स्थितिमा इसेवा मनि ट्रान्स्फरले दिएको सेवा खोजियो ।

“रेमिट्यान्सको प्रवृत्ति हेर्दा बैंक खाता वा वालेट मार्फत् पैसा भित्रिने क्रम बढ्दो छ भने नगद रेमिट्यान्सको युग विस्तारै सकिँदै छ,” खनाल थप्छन्, “मौद्रिक नीतिमा पनि रेमिट्यान्स बैंक खातामा प्राप्त गरे १ प्रतिशत बढी ब्याज पाइने उल्लेख छ । राष्ट्र बैंक पनि रेमिट्यान्स बैंक खातामा आओस् भन्ने चाहन्छ ।”

इसेवा मनि ट्रान्स्फरका महाप्रबन्धक सागर खनाल

नेपालको रेमिट्यान्सको स्रोत आधाभन्दा बढी मध्यपूर्वका खाडी राष्ट्र हुन् । १० प्रतिशत मलेसियाबाट र बाँकी जापान, कोरिया, अस्ट्रेलियालगायतबाट आउँछ ।

इसेवा मनि ट्रान्स्फरले अबको व्यावसायिक टार्गेट नेपालको मुख्य श्रम गन्तव्य कतार, साउदी अरेबिया, कुवेत लगायत मध्यपूर्वको राष्ट्र बनाएको छ । तर, मध्यपूर्वबाट ८० प्रतिशतभन्दा बढी रेमिट्यान्स नगदमा प्राप्त हुनाले त्यहाँ व्यवसाय विस्तारको राम्रो स्कोप रहेको खनाल औंल्याउँछन् । जापान, कोरिया, अस्ट्रेलियाबाट अहिले पनि बैंक खातामै पैसा आउने गरेको छ ।

इसेवा मनि ट्रान्स्फर स्थापनाको डेढ वर्ष समय विकसित मुलक केन्द्रित सेवा थियो । यी बीचमा कम्पनीले २३ वटा विदेशी रेमिट्यान्स कम्पनीसँग सहकार्य गरेको छ । २३ साझेदार मध्ये रेमिट्यान्सको मुख्य बाहकहरु (मनिग्राम, वल्र्ड रेमिटलगायत) सँग डिजिटल रेमिट्यान्समा काम गर्न थालिसकेको छ ।

“अबको डेढ–दुई हाम्रो लक्ष्य मध्यपूर्व रहेको छ । जापान, कोरिया, युरोपेली राष्ट्रहरुमा हाम्रो राम्रो उपस्थिति भइसकेको छ,” खनालले भने, “आगामी दिनमा देशले प्राप्त गर्ने ६० प्रतिशत रेमिट्यान्सको स्रोतमा हाम्रो सेवा विस्तार गर्नु हाम्रो प्राथमिक लक्ष्य हो । मध्यपूर्वमा रहेका नेपाली नागरिकमा पनि डिजिटल रेमिट्यान्सको चेतना पुर्‍याउनु छ । डिजिटल रेमिट्यान्सको फाइदा, सहजताबारे वैदेशिक रोजगारीमा जानेहरुलाई सहग गराउने योजना हाम्रो छ ।”

इसेवा मनि ट्रान्स्फरका महाप्रबन्धक सागर खनाल

यही कामलाई सघाउन इसेवाले पैसा प्राप्त गर्ने व्यक्तिलाई फोन गरेर वालेटमार्फत् प्राप्त गर्ने हो कि ? भन्ने पनि सोध्ने गरेको छ । यदी इसेवा वालेट छैन भनेडाउनलोड गर्ने सल्लाह दिन्छ । एकपल्ट वालेटमा पैसा प्राप्त गर्ने व्यक्ति अर्कोपल्ट नगद प्राप्त गर्न इच्छुक देखिँदैन ।

विगत ८–१० महिनादेखि इसेवा वालेट प्रयोग गरेर रेमिट्यान्स पठाउने र पाउनेले इसवा मनि ट्रान्स्फरको सेवा सस्तो र छिटो रहेको जवाफ दिएका छन् । किनकी सेन्डिङ साइडका कम्पनीका साझेदार डिजिट रेमिट्यान्समा काम गरिरहेका, सेवा शुल्क निकै सस्तो भएको र रिसिभिङ साइडमा इसेवाको सेवा सन्तोषजनक रहेको खनाल बताउँछन् ।

डिजिट माध्यमबार पैसा पठाउने काम पनि निकै सजिलो छ, पैसा पठाउने व्यक्तिले उल्लेख गरेको प्रापकको खाता नम्बर सही भए नभएको तत्कालै पहिचान हुन्छ । खनालले आफैंले ५ मिनेटमा पैसा बैंक खातामा प्राप्त गरेको अनुभव सुनाए । “बैंक खातामा प्राप्त भएको पैसा समयमा झिक्न नसके ब्याज पनि पाइन्छ,” खनालले थपे ।

इसेवा मनि ट्रान्स्फरल आफ्नो सिस्टमको इन्टिग्रेसन विदेशस्थित साझेदारसँग गर्छ, जसका कारण विदेशमा कारोबार सुरु हुँदा इसेवाको प्रणालीले थाहा पाइसक्छ । सबै सूचना भ्यालिडेट भइसकेपछि मात्र पैसा पठाउन मिल्ने भएका कारण इसेवाले पैसा दिने मात्र काम गर्छ ।

अर्कातर्फ विदेशबाट पैसा पठाउँदा नेपालमा पैसा प्राप्त गर्ने मान्छेले कति पाउँछ भन्ने हिसाब तत्कालै थाहा पाइहाल्छ ।

जानकारीका लागि, इसेवा मनि ट्रान्स्फरको वेबसाइटमा गएर अस्ट्रेलियाबाट कुनै एउटा साझेदारमार्फत डिजिटल माध्यमबाट नेपाल पैसा पठाउँदा यस्तो विकल्प देखापर्छ ।

यही सहज विकल्प सर्वसाधारणलाई अवगत गराउन इसेवा अहिले लागिपरेको छ । अधिकांश नेपाली वैदेशिक रोजगारीका लागि मध्यपूर्व जाने भएकाले पनि इसेवाले अबको टार्गेट पनि मध्यपूर्व बनाएको हो ।

अर्कातर्फ मध्यपूर्व नगदबाट डिजिटल युगमा प्रवेश गर्दैछ । त्यहाँ रेमिट कम्पनीहरुले शाखा कम गर्दैछन् । वालेटको अभ्यास बढाइरहेका छन् ।

खनालका अनुसार कतार वा ओमनमा रहेका नेपालीले ओरिदुको एप्लिकेसनबाट मनिग्राममार्फत् इसेवा वालेट वा बैंक खातामा पैसा पठाउन सक्छन् । साउदी अरेबियाबाट मनिग्राम, रियामार्पत् पैसा पठाउन सकिन्छ । यूएईमा रहेका नेपालीले अल–फर–दान, मनिग्राम, रियाबाट पैसा पठाउन सक्छन् भने कुवेतमा यूएई एक्स्चेन्ज, कुवेत–इन्डिया एक्स्चेन्जसँग सहकार्य गरिएको छ ।

यी सबै रेमिट्यान्स कम्पनीमार्फत् उनीहरुको शाखा वा डिजिटल माध्यमबाट पैसा पठाउन सकिन्छ ।

के हो इसेवा मनि ट्रान्स्फर ? कसरी दिइरहेको छ सेवा ?
नेपाल राष्ट्र बैंकबाट हालसम्म ५२ वटा कम्पनीले रेमिट्यान्स सेवा प्रदान गर्ने अनुमति पाएका छन् । जसमध्ये इसेवा मनि ट्रान्स्फर ५२ औं कम्पनी हो । स्थापनको २ वर्षे अवधिमा इसेवा मनि ट्रान्स्फर ७ औं ठूलो रेमिट कम्पनी बनिसकेको छ ।
कम्पनीको व्यवसाय विस्तार हरेक महिना ३० प्रतिशतले भइरहेको छ ।

इसेवा रेमिटबाट नेपाल भित्रिने पैसामध्ये ८० प्रतिशत बैंक खातामा प्राप्त हुन्छ । बाँकीमध्ये १२ देखि १५ प्रतिशत वालेटमा र बाँकीमात्र नगद प्राप्त हुने गरेको छ । नगद पनि अधिकांश मध्यपूर्वबाट प्राप्त हुन्छ ।

सन् २००९ मा इसेवा स्थापना भएको १० वर्षपछि अर्थात् सेप्टेम्बर २०१९ मा इसेवा मनि ट्रान्स्फरले रेमिट्यान्स कम्पनीको लाइसेन्स पाएको थियो ।

यदी तपाईं पनि डिजिटल माध्यमबाट, छिटो, सुरक्षित, कम लागतमा नेपाल पैसा पठाउन चाहनुहुन्छ भने इसेवा मनि ट्रान्स्फरको वेबसाइटमा गएर सजिलै पैसा पठाउन सकिन्छ । “हाम्रो वेबसाइटमा एकपल्ट भिजिट गर्ने वित्तीकै कुन देशबाट कसरी पैसा पठाउने थाह भइहाल्छ,” महाप्रबन्धक खनाल भन्छन्, “सजिलो तरिका राखिएको छ । एकपल्ट एसेवा मनि ट्रान्स्फरको वेबसाइट भिजिट गरिदिनुहोला ।”

इसेवा रेमिटबाट नेपाल आएको पैसा कसैलाई नगद नै चाहिन्छ भने, नगदमा पैसा लिन पनि सकिन्छ । देशभर इसेवा मनि ट्रान्स्फरको ८ हजार २ सय एजेन्ट छन् । ति एजेन्टबाट पठाएको ५ मिनेटमै पैसा निकाल्न मिल्छ । महाप्रबन्धक खनालका अनुसार इसेवा मनी ट्रान्स्फर सफल बन्दै ती एजेन्टको योगदान सराहनीय छ । साथै, देशका सबै बैंक तथा वित्तीय संस्थाको शाखाबाट पनि पैसा निकाल्न पाइन्छ ।

इसेवाको देशभर रहेका १ लाख १० हजार एजेन्टबाट विदेशबाट रेमिट्यान्सको रुपमा भित्रिएको पैसा निकाल्न मिल्ने व्यवस्था गर्दैछ । खनाले थपे, “१ महिनाभित्र यो सुविधा पाउन सकिन्छ ।”

GBIME

प्रतिक्रिया दिनुहोस्