Shikhar Insurance

रेडपाण्डाका छालासहित युवक पक्राउ

सिंहदरबार संवाददाता
२०७८ आश्विन ३, आईतवार १७:३६
NIMB
Nabil Bank

जाजरकोट । प्रतिबन्धित् हाब्रे (रेडपाण्डा)को छालासहित बारेकोट गाउँपालिका–५ नायकवाडाका १९ वर्षीय लोकेश परियारलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको छ । रेडपाण्डाको छाला बिक्री गर्न भनि नलगाड नगरपालिका-५ कालीमाटीस्थित होटलमा ल्याएको छ भन्ने गोप्य सूचनाको आधारमा छापा मार्दा उनी पक्राउ परेका प्रहरी नायव उपरीक्षक (डिएसपी) मधुकुमार थापाले बताए ।

परियारकाे साथबाट रेडपाण्डाको ४२ ईन्च लम्बाइ भएको ठूलो छाला एक थान र टाउको नभएको २२ इन्च लम्बाइ भएको सानो छाला एक थान बरामद गरेकाे डिएसपी थापाले बताए । पक्राउ परेका परियारलाई थप अनुसन्धान जारी रहेको बताएको छ ।

Citizen Life
Kumar Bank

न्युज कारखाना

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्