Shikhar Insurance

फोनपे डाइरेक्टबाट २ लाख रूपैयाँसम्मको रकम ट्रान्स्फर गर्दा १० रुपैयाँमात्र शुल्क लाग्ने

सिंहदरबार संवाददाता
२०७८ आश्विन ४, सोमबार १९:२४
NIMB
Nabil Bank

काठमाडौं । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपेको फोनपे डाइरेक्ट मार्फत अन्तरबैंक रकम ट्रान्स्फर गर्दा १० मात्र सेवा शुल्क लाग्ने भएको छ । फोनपे डाइरेक्ट मार्फत १ सय रुपैयाँदेखि दुई लाख रूपैयाँसम्मको रकम ट्रान्स्फर गर्दा अबदेखि १० रुपैयाँमात्र शुल्क लाग्ने भएको हो ।

यसअघि रकमको परिणाम अनुसार शुल्क लाग्दै आएको थियो । यो शुल्क नेपालमा अन्तरबैंक करोबार गर्दा लाग्ने सबैभन्दा कम शुल्क हो । फोनपेले शुल्क घटाएसँगै डिजिटल कारोबारमा अर्को ठुलो कोषेढुंगा मिल्ने अपेक्षा गरिएको छ ।

Citizen Life
Kumar Bank

फोनपे मार्फत कुनै पनि बैंकमा रकम प्राप्त गर्ने व्यक्तिको मोबाईल नम्बर उल्लेख गरेर सहजै रकम पठाउन सकिन्छ । फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्थाका मोबाईल एप्स्मा रहेको सेन्ड मनि अप्सनमा गइ फोनपे डाइरेक्ट क्लिक गरि सहजै रकम पठाउन सकिन्छ ।

फोनपे पेमेन्ट सर्विस नेपाल राष्ट्रबैंकबाट अनुमतिप्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो । फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था आवद्ध छन् । यस्तै फोनपेमा हालसम्म ५ लाख भन्दा बढि मर्चेन्ट छन् । एक करोड ३० लाखभन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्ता तथा ४५ लाख बढी भुक्तानी सेवा प्रदायकका मोबाइल एप्समार्फत यसले सेवा प्रदान गर्दै आएको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्