Shikhar Insurance

खाद्य संस्थान लहान शाखामा ९७ लाख भ्रष्टाचार

सिंहदरबार संवाददाता
२०७८ आश्विन ५, मंगलवार ०८:२४
NIMB
Nabil Bank

काठमाडौं । नेपाल खाद्य संस्थान लहान शाखामा धान खरिदमा ९७ लाख बढी रुपैयाँ भ्रष्टाचार भएको खुलेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनबाट कार्यालय प्रमुख र लेखा अधिकृतले मिल संचालकसँग मिलेर धान खरिदमा ९७ लाख २ हजार ७ सय ८४ रुपैयाँ भ्रष्टाचार गरेको खुलेको हो ।

२०७५ सालमा नियम विपरित ७० हजार क्विन्टल धान खरिद गर्दा कार्यालय प्रमुख गंगाप्रसाद साह र तत्कालीन लेखा प्रमुख सुनिताकुमारी यादवले मिल संचालकसँग मिलेर उक्त रकम भ्रष्टाचार गरेको अनुसन्धानबाट खुलेको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिजालले जानकारी दिए ।

Citizen Life
Kumar Bank

कर्मचारीले कमिसन लिएर गुणस्तरहीन धान खरिद गरी चामल सडेको भन्दै अख्तियारमा उजुरी परेको उनले बताए । रिसालका अनुसार खरिद व्यवस्था निर्देशिका विपरीत भुक्तानी दिएर रकम हिनामिना गरेको खुलेको छ ।

अख्तियराले धान खरिदमा अनियमिता गर्ने कार्यालय प्रमुख साह र लेखा प्रमुख यादवविरुद्ध हिनामिना गरेको उक्त रकम असुल गर्न माग दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

यस्तै कर्मचारीसँग धान बिक्री गर्दा मिलेमतो गर्ने निलकमल सेलर मिलका संचालक अशोककुमार अग्रवालविरुद्ध ७ लाख ५१ हजार १ सय ४३ तथा अर्का गिरधारी खाद्य उद्योगका संचालक लालुप्रसाद अग्रवालविरुद्ध ५८ लाख ७५ हजार ६ सय १२ रुपैयाँ बिगो जफत हुन मागदाबी गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

न्युज कारखाना

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्