Shikhar Insurance

यी ३ कारणले कात्तिकमा ब्याजदर घट्ने सम्भावना प्रबल छः अध्यक्ष दाहाल

सिंहदरबार संवाददाता
२०७८ आश्विन ५, मंगलवार २०:३४
NIMB
Nabil Bank

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले कात्तिकमा निक्षेप र कर्जाको ब्याजदर घट्ने सम्भावना रहेको बताएका छन् । सम्भावित तरलता अभावको जोखिमले असोजदेखि बढेको ब्याजदर एक महिनापनि नटिक्ने अनुमान उनले गरेका हुन् ।

सिंहदरबारसँगको कुराकानीमा उनले ब्याजदर घट्ने ३ कारण औंल्याए । दाहालका अनुसार ती कारणले बजारमा तरलता पर्याप्त हुँदै जान्छ र ब्याजदर पनि घट्छ ।

Citizen Life
Kumar Bank

दाहालले भने, “सरकारी खर्च विस्तारै हुन थाल्ने, राष्ट्र बैंकले पुनर्कर्जा चाँडो स्वीकृति गर्ने (राष्ट्र बैंकबाट ९० अर्ब रुपैयाँ थप प्राप्त हुने प्रतिबद्धता) र विप्रेषणको रकम पनि प्राप्त हुने भएकाले तरलता पर्याप्त हुँदै जान्छ ।” उनका अनुसार केन्द्रिय बैंकले तरलताको अभाव हुन नदिने विश्वास दिलाएको छ ।

“राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आवश्यक परे पुनर्कर्जाको रकम पनि चाँडै स्विकृति गर्ने प्रतिवद्धता गरेको छ,” दाहालले भने, “बजेट खर्च लयमा फर्किएपछि सहज हुनेछ ।” यसैगरी दसैंमा विदेशबाट रेमिट्यान्सको राम्रो मात्रामा प्राप्त हुने दाबी उनले गरे ।

“यी अर्थमा कात्तिकमा ब्याजदर घट्ने प्रबल छ,” दाहालले भने ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्