Shikhar Insurance

दसैंमा सहाराको धमाकेदार अफर : साइन बाइक र मोबाइल जित्ने मौका

सिंहदरबार संवाददाता
२०७८ आश्विन ६, बुधबार १६:०१
NIMB
Nabil Bank

काठमाडौं । राइड सेयरिङ सेवा दिँदै आएको साहारा एपले राइडर र सेवाग्राही दुवैलाई लक्षित गरी धमाकेदार दसैं अफर ल्याएको छ ।

नेपालीहरूको महान चाड बडा दसैंको अवसरमा राइडरले होन्डा साइन बाइक र रेडमी ९ मोबाईल जित्ने मौका रहेको छ भने ग्राहकले साहाराको वालेटमा ५ हजार रुपैयाँ जित्ने मौका रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

असोज १ गतेदेखि २० सम्म चल्ने यस योजनामा हरेक हप्ता टप राइडरले रेडमी ९ र नगद बोनस समेत पाउनेछन् । उपहार जित्नका लागि राइडर र ग्राहक दुवैले ४५ वटा राइड पुरा गरेको हुनु पर्ने कम्पनीका अध्यक्ष शेखर श्रेष्ठले जानकारी दिए । अफरको अन्तिममा एकजना भाग्यशाली विजेताले बम्पर उपहार अन्तर्गत होण्डा साइन बाइक प्राप्त गर्नेछन् ।

नेपालमा सन् २०१९ देखी राइड सेयरिङ सेवा सुरु गरेको साहारा एपले निकट भविष्यमा फुड तथा अन्य सेवा पनि प्रदान गर्ने कम्पनीका सिइओ विशाल जीसीले जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्