Shikhar Insurance

आगलागीपछि पुनर्जन्म लिएर बजारमा आयो नेबिको ! (भिडियो)

सिंहदरबार संवाददाता
२०७८ आश्विन ६, बुधबार २०:००
NIMB
Nabil Bank

काठमाडौं । नेबिकोले फेरि बिस्कुट उत्पादन सुरु गरेको छ । ४४ दिनअघि आगलागीबाट क्षति भएको संरचना पुनर्निमाण गरेर बिस्कुट उत्पादन थालेको हो

नेबिको प्रालि नेपालको पहिलो बिस्कुट तथा कन्फेक्सनरी उत्पादन गर्ने कम्पनी हो । सन् १९६४ देखि नेपाली बजारमा आफ्नो बेग्लै पहिचान बनाउएको नेबिकोको बिस्कुट, कुकिज, कन्फेक्सनरीज र ब्रेकफास्ट सिरियल गरि अहिले कम्पनीले ४ वटा युनिटहरु सञ्चालन गरिरहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

२०७८ साउन २३ गते शनिबार बिहान भएको आगलागीले नेबिकोलाई पूर्ण क्षतिको अवस्थामा पुर्याएको थियो । अहिले कम्पनीले उपकरण राखेर पहिलाको क्षमताको ६० देखि ७० प्रतिशत उत्पादन गरिरहेको छ । कम्पनीका अनुसार केहि महिनापछि क्षमता बढाएर पहिलेको भन्दा बढी बनाइने छ ।

२०७८ असोज ६ गते (आजबाट) कम्पनीले पुनर्जन्म पाएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्