Shikhar Insurance

गुराँस लाइफको बदमासी, टार्गेट नपुर्याएको भन्दै कर्मचारीको पद घटुवा

सिंहदरबार संवाददाता
२०७८ आश्विन ६, बुधबार २१:५०
NIMB
Nabil Bank

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना एक जना कर्मचारीको पद घटुवा गरिदिएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराई आफैंले बरिष्ठ अधिकृत कर्मचारीलाई घटुवा गरेर जुनियर अधिकृत बनाईदिएका हुन् ।

कम्पनीले प्रधान कार्यालयमा कार्यरत बरिष्ठ अधिकृत रबिन्द्र कुमार मिश्रलाई मानविकी संसाधन उप समितिको निर्णय भन्दै असोज १ गतेदेखि लागु हुने गरि जुनियर अधिकृत बनाएको पत्र थमाएको हो । बरिष्ठ अधिकृत मिश्रलाई २०७८ भदौ २४ गते त्यस्तो पत्र थमाईएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीले अब पनि तोकिएको प्रिमियम संकलन नगरे जागिरबाटै बर्खास्त गर्न चेतावनी पनि दिएको छ । सिंहदरबारलाई प्राप्त प्रमाण अनुसार कम्पनीले आगामी दिनमा प्रथम बीमा शुल्क संकलन गर्ने व्यवसायीक लक्ष्य पुरा नगरे जागिरबाटै बर्खास्त गर्ने चेतावनी दिएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्