Shikhar Insurance

एभरेष्ट बैंकका सीईओमा सुदेश खालिङ् : शुक्रबारदेखि कार्यभार सम्हाल्ने

सिंहदरबार संवाददाता
२०७८ आश्विन ८, शुक्रबार १४:०६
NIMB
Nabil Bank

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुदेश खालिङ नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले उनलाई बैंकको सीईओका रुपमा नियुक्त गरेको हो ।

खालिङ्को नियुक्त भएसँगै एभरेष्ट बैंकले पहिलो पटक नेपाली सीईओ पाएको छ । सीईओ खालिङसँग सिटिजन्स बैंकको सञ्चालक समिति सदस्य, लक्ष्मी बैंक लिमिटेडको सीईओ, स्ट्यान्डर्ड चार्टर्ड बैंक लगायतका बैंक तथा वित्तीय संस्थामा काम गरेको लामो अनुभव छ ।

Citizen Life
Kumar Bank

साढे २ दशक बैंक तथा वित्तीय संस्थामा अनुभव हासिल गरिसकेको उनी एक परिचित बैंकरमा रुपमा परिचित छन् । उनलाई बैंक तथा वित्तीय संस्थामा सञ्चालन तथा बैंकिङ जोखिममा राम्रो अनुभव र दक्षता भएको बैंकरका रुपमा चिनिन्छन् ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्