Shikhar Insurance

उधोगपति वसन्त चौधरीलाई हृदयघात, दुबईकाे अस्पतालमा भर्ना

सिंहदरबार संवाददाता
२०७८ आश्विन ८, शुक्रबार १७:४०
NIMB
Nabil Bank

काठमाडौं । उधोगपति वसन्त चौधरीलाई हृदयघात भएको छ । हाल दुबईमा रहेका चौधरीलाई शुक्रबार हृदयघात भएको हो ।

तीन दिन अघि परिवारसहित चौधरी दुबई भ्रमणमा गएका थिए । चौधरी परिवारले यसबारे औपचारिक पुष्टि गरिसकेको छैन । समाचार स्रोतका अनुसार चौधरीको स्वास्थ्यमा समस्या देखिएपछि उनको मुटुको एन्जियोग्राफी गरिएको थियो । सो क्रममा समस्या देखिएपछि उनलाई शुक्रबार दुबईकै एक अस्पतालमा भर्ना गरिएको हो ।

Citizen Life
Kumar Bank

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्