Shikhar Insurance

यी १६०० जनामध्ये १ हजार जना ‘केयरगिभर’का रूपमा इजरायल जाने (सिफारिसमा परेकाहरूको नामावली)

सिंहदरबार संवाददाता
२०७८ आश्विन १०, आईतवार १३:०९
NIMB
Nabil Bank

काठमाडौं। वैदेशिक रोजगार विभागले इजरायलमा ‘केयरगिभर’का लागि एक हजार ६ सय जनाको नाम सिफारिस भएको छ। विभागले आइतबार बिहान इजरायलमा ‘केयरगिभर’का लागि जान चाहानेमध्येबाट एक हजार ६ सयको नाम सिफारिस गरेको हो।

विभागले भाषा परीक्षा उर्तीण गरी अन्तरवार्तामा सहभागी मध्येबाट ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषको नाम इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पिआइबीए) लाई सिफारिस गरेको हो। इजरायलको पिआइबिएले विभागले सिफारिस गरेको सूचीबाट कामदार छनोट गर्नेछ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यसपछि पिआइबीएले छनोट गरेका व्यक्तिहरू र रोजगारदाताबीच रोजगार सम्झौता हुनेछ। रोजगार सम्झौता भएका व्यक्तिहरू इजरायल जान पाउने छन्।

पहिलो चरणमा १ हजार जना इजरायल जानेछन् ।
यसअघि वैदेशिक रोजगार विभागले इजरायलमा रोजगारीका लागि जान भाषा परीक्षा लिएकामध्ये दुई हजारभन्दा बढी उत्तीर्ण भएका थिए ।

परीक्षामा ६३ सय ९७ जना सहभागी भएका थिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्