Shikhar Insurance

अखिल कप २०७८ फुटसल सुरू, आरआरले गोल्डेनगेटलाई हरायो

सिंहदरबार संवाददाता
२०७८ आश्विन १०, आईतवार २२:४१
NIMB
Nabil Bank

काठमाडौं । अनेरास्ववियू शंकरदेव क्याम्पस कमिटीको आयोजनामा अखिल कप फुटसल प्रतियोगिता सुरू भएको छ । आइतबार प्रतियोगिताको उद्घाटन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले गरे ।

उद्घाट समारोहमा अनेरास्ववियूका उपहासचिवद्वय महेश श्रेष्ठ र अशोक थापा पनि सहभागी थिए ।

Citizen Life
Kumar Bank

आइतबार सुरू भएको प्रतियोगिताको उद्घाटन खेलमा शंकरदेव र लिटिल बुद्धबीच प्रतिस्पर्धा भएको थियो । अर्को खेलमा आरआर क्याम्पसले गोल्डेनगेटलाई १–० गोलले पराजित गर्‍यो ।

प्रतियोगिताको फाइनल खेल असोज १४ गते हुनेछ । प्रतियोगिताको विजेताले ५० हजार तथा उपविजेताले ३० हजार पाउनेछन् ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्