Shikhar Insurance

सोनाम वाङचुक अर्थात् थ्री इडियट्सका ‘फुङ्सुक वाङ्गडु’ को आविष्कारले यसरी बचाउँदैछ लद्दाखलाई

सिंहदरबार संवाददाता
२०७८ आश्विन ११, सोमबार १५:५५
NIMB
Nabil Bank

एजेन्सी । हिमालय क्षेत्रमा पानीको संकट समाधान गर्ने उद्देश्यले स्कटल्यान्डको एवरडिन विश्वविद्यालयका वैज्ञानिकहरुले केही वर्षअघि विकसित गरेको हिमनदी अझै पनि प्रारम्भिक अवस्थामा छन् ।

हिउँ स्तुपा नाम दिइएका ती कृत्रिम हिमनदीलाई सन् २०१३ मा भारतीय इन्जिनियर सोनाम वाङचुकले आविश्कार गरेका थिए । तर, अहिले पनि ती हिमनदी ‘बच्चा अवस्थामा’ नै छन् ।

Citizen Life
Kumar Bank

ती स्तुपा हिमाली क्षेत्रमा हिउँदे खेतीपातीका लागि पानीको महत्वपूर्ण स्रोत बन्ने विश्वास गरिएको छ ।

उत्तरी भारतको लद्दाखमा निर्माण गरिएका ती स्तुपामा स्कटलन्डको एवरडिन विश्वविद्यालयका वैज्ञानिक क्रायोस्फेयर र जलवायु परिवर्तन अनुसन्धानको एउटा समूहले प्रविधि सुधारका काम गरिरहेका छन् ।

‘लद्दाखका हिमनदी पग्लिरहेका छन,’ विश्वविद्यालयका प्राध्यापक मातेओ स्पाङनोलो भन्छन्, ‘तसर्थ यस क्षेत्रमा हिउँ स्तुपा बनाउन आवश्यक छ । ’

वैशाख र जेठ महिनामा लद्दाखक अधिकांश गाउँमा पानीको अभाव हुन्छ । तसर्थ, खेरा जाने पानीलाई जमाएर अभावको समयमा वितरण गर्ने उदेश्यले वैज्ञानिकहरुले हिउँ स्तुपाको अवधारणा विकसित गरेका हुन् ।

हिउँ स्तुपाले कसरी काम गर्छ ?
खेर जाने पानीलाई जाडोको मौसममा खोलाबाट भण्डारण गर्न हिउँ स्तुपा प्रयोग गरिन्छ । स्तुपामा जम्मा भएको हिउँ सुख्खा महिनामा पानीको रूपमा उपयोग गर्न सकिन्छ ।

हिउँ पर्ने क्षेत्रमा सुरूमा जमिनमुनि लामो पाइप गाडिन्छ । स्तुपा निर्माण गर्ने क्षेत्रमा भर्ने ठाडो पारिएको पाइप जडान गरिन्छ ।

उचाई र तापक्रमको फरक तथा गुरूत्वाकर्षण शक्तिका कारण पाइपभित्र बल उत्पन्न हुन्छ । अन्तत खोलाको पानी माथि पुगेर पाइपको मुखबाट बाहिर निस्कन्छ (फाउन्टेनमा जस्तै) ।

पाइपबाट बाहिर निस्केको पानी जिरो डिग्री तापक्रमका कारण जमेर पिरामिडको जस्तो संरचना बन्छ, जसलाई हिउँ स्तुपा भनिन्छ । हिउँ स्तुपाले वर्षेनी लाखौँ लिटर पानी उपलब्ध गराउँछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्