Shikhar Insurance

हद पार गर्दै ‘नम्बर वान’ वायुसेवा कम्पनी : यी हुन् ३ ठूला लापरबाही, आफ्नै कमजोरी ढाकछोप गर्दा वाहवाही !

सिंहदरबार संवाददाता
२०७८ आश्विन ११, सोमबार १९:१५
NIMB
Nabil Bank

काठमाडौं । नेपाली आकाश जोखिमको घरै भएको तथ्य सबैलाई थाहै छ । वर्षेनी हवाइजहाज दुर्घटनामा ठूलो जनधनको क्षती हुने गरेको छ ।

समयसमयमा आन्तरिक र अन्तर्राष्ट्रिय बिमान यति लापरबाहीका कारण दुर्घटनामा पर्छन्, जुन क्षमायोग्य नै हुँदैन । नेपाली आकास र पुरै वायुसेवा इन्डस्ट्रि अन्तर्राष्ट्रिय संघसंस्थाको कालोसूचीमा पर्नुको कारण पनि उनै वायुसेवा कम्पनीहरू नै हुन् ।

Citizen Life
Kumar Bank

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को गम्भीर सुरक्षा चासो (एसएससी) सूचीबाट मुक्त भएको चार वर्ष बितिसक्दा पनि  युरोपियन युनियन (ईयू) को हवाई सुरक्षा सूची (ब्ल्याकलिस्ट) बाट नेपाल अझै हटेको छैन । मुख्य गरी हवाई दुर्घटना, हवाई सुरक्षा विश्वव्यापी मापदण्ड तथा सिफारिसहरूको कमजोर परिपालना, औसत परिपालनाको न्यून दरजस्ता तीनवटा विषयलाई आधार  मानेर नेपाललाई कालोसूचीमा राखेको थियो ।

त्यसमा नेपालसहित विश्वका २१ वटा मुलुकका २ सय ९७ एयरलाइन्स थिए । वर्षौं बितिसक्दा पनि जोखिमको सूचीबाट हट्न नसक्नुको ‘मुख्य जिम्मेवार’ वायुसेवा कम्पनी नै छन्, जसको नेतृत्व नेपालको नम्बर वान एयरलाइन्स भनिने बुद्ध एयरले गर्दै आएको छ ।

बुद्धको लापरवाहीको हद विश्लेषण गरिसाध्यै छैन । सामान्य सुरक्षा उपाय नअपनाउँदा सयौं यात्रु दुर्घटनाको जोखिममा छन् ।

केहीदिन अघि जनकपुर जाने जहाज पोखरा ल्यान्डिङ गराएको बुद्धले सोमबार बिहान एकैपल्ट दुई ठूला गल्ती गर्न पुग्यो । पाइलटको अनुभव र धैर्यताका कारण कसैको ज्यान गएन, धनको क्षती भएन ।

सामान्यतया बिमान उड्नु अघि सबै प्राविधिक स्थिति जाँच गरेर मात्र बिमान उडाइन्छ । विमान उडान पूर्व नै सम्पूर्ण प्राविधिको पाटो चेकजाँच गर्नु पर्ने भए पनि बुद्ध एयरको विमानमा उडेपछि प्राविधिक त्रुटि देखिएको हो । उक्त प्राविधिक त्रुटीको कारण जहाज काठमाडौं फिर्ता हुनु परेको बुद्धका अधिकारीहरूले स्वीकार गरेका छन् ।

ककपिटमा धुवाँ देखिएपछि पोखराका लागि बिहानै काठमाडौंबाट उडेको बुद्ध एयरको जहाज काठमाडौं फिर्ता भएको थियो । यू ६०१–९ एनएजेओ जहाज पोखरा नपुगी काठमाडौं नै फर्किएको हो ।

बिमान बिहान साढे ७ बजे काठमाडौंबाट पोखराका लागि उडेको थियो । अचानक जहाजको ककपिटबाट धुवाँ आउन थालेपछि पाइलटले जहाजलाई काठमाडौंतिर मोडेका थिए । जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान्य अवतरण गरेको थियो । ल्यान्ड गर्नुअघि केही समय जहाजलाई आकासमा होल्ड गरिएको थियो ।

लगत्तै क्रु मेम्बरसहित ७७ जना बोकेर बिराटनगर उडेको जहाज ल्यान्डिङ गियर नखुल्ने समस्याका कारण काठमाडौं फर्किएको थियो ।  बिमानलाई राजधानीको आकाशमा आधा घन्टा होल्ड गरी १०.२१ बजे ल्यान्ड गराइएको छ । सो जहाज सिनियर क्याप्टेन आङ्गेलु शेर्पाले उडाएका थिए ।

बुद्ध एअरले ल्यान्डिङ गियर खुलेको भएपनि खुलेको संकेत नदेखिएको बताएको छ ।

गत पुसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जनकपुर जानुपर्ने यात्रु पोखरा पुगेका थिए । बुद्ध एयरको ६०७ नम्बरको नियमित उडानबाट जनकपुर जानुपर्ने यात्रु पोखरा पुगेका थिए । त्यतिबेला मौसमको खराबी वा जहाज डाइभर्ट गर्नु परेकाले जनकपुर हिँडेका यात्रुहरु पोखरा पुगेका थिएनन् । विमानस्थलमै एयरलाइन्सका कर्मचारीको लापरबाहीले यस्तो भएको थियो ।

एयरलाइन्सका कर्मचारीले यात्रुलाई पोखरा जाने बिमानमा चढाइदिएका थिए । अचानक पोखरा विमानस्थल उत्रँदा यात्रुहरु छक्क परेका थिए । सो घटनामा क्रनै जनधनको क्षती भएको थिएन तर समयको बर्बादीका कारण बुद्ध नै थियो ।

बुद्ध एयरले भने जनकपुर र पोखराको एकै समय परेको उडानमा यस्तो घटना भएको बताएको थियो । यात्रुले पोखरा विमानस्थलमा अवतरण गरेपछि मात्र यसबारे जानकारी पाएका थिए ।

बुद्ध एयर नेपालको निजि विमानसेवा कम्पनी मध्य सबैभन्दा लामो समय नेपाली आकासमा उडान भर्ने नेपाली बिमान कम्पनी हो । अन्तर्राष्ट्रिय र राष्टिय दुवै उडान गर्ने बुद्ध एयरले नेपालका १४ स्थानमा र भारत र भुटानमा (चार्टर) पनि उडान गर्छ ।

अक्टोवर १९९७ मा विच १९०० डीबाट बुद्ध एयरले आफ्नो उडान सुरु गरेको थियो । सञ्चालनको २० वर्ष पूरा गर्दासम्म कम्पनीले १ करोड १ लाख भन्दा बढी मानिसहरूलाई उडान सेवा प्रदान गरिसकेको छ । कम्पनीले सुरक्षामा कुनै सम्झौता नगर्ने र यात्रुलाई पहिलो प्राथमिकतामा राखेको बताउने गरेको छ ।

बुद्धसँग ३ वटा एटीआर ४२, ६ वटा एटीआर ७२ र २ वटा बिचक्र्याफ्ट १९०० डी जहाज छन् ।

स्म्भावित जोखिमबाट जोगाउँदा बुद्धले बेलाबेला वाहवाही पाउँदै आएको छ तर आफ्नै कमजोरीका कारण सम्भावित दुर्घटना हुनबाट जोगिएकामा बुद्ध एअरको प्रशंसा गर्नुपर्ने कुनै तुक छैन ।

बुद्धजस्तै गतिविध अरू जहाज कम्पनीले पनि गर्ने गरेको छन् ।  आइकाओका विज्ञहरूले नेपालमा आई गरेको स्थलगत अुनगमन र अध्ययन प्रतिवदेनलाई आधार मान्दै ईयूले पनि २०७० साल मंसिरमा आफ्ना सदस्य मुलुकभित्र सबै नेपाली वायुसेवालाई निषेध गरेको थियो । सन् २०१० देखि २०१२ सम्म नेपालमा ८९ जना यात्रुको ज्यान जाने गरी दुर्घटना भएको थियो ।

ईयूको यो हवाई सुरक्षा सूचीलाई अनौपचारिक रूपमा ‘कालोसूची’ भन्ने गरिन्छ ।

ईयूले पछिल्लोपटक विभिन्न सञ्चार माध्यममा प्रकाशित भएका नेपाली हवाई सुरक्षाका समाचार सामग्री तथा नागरिक उड्डयन प्राधिकरणको स्थायित्व र दिगोपनामा शंका व्यक्त गरिरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्