Shikhar Insurance

क्रस होल्डिङ खोज्दै समितिले काट्यो पत्र, १५ कम्पनीमा भेटियो यतिसम्मको क्रस होल्डिङ

सिंहदरबार संवाददाता
२०७८ आश्विन १२, मंगलवार १४:४८
NIMB
Nabil Bank

काठमाडौं । क्रस होल्डिङलाई आधार बनाउँदै बीमा समितिले १५ वटा कम्पनीलाई पत्र काटेको छ । यी कम्पनीमा ७ वटा लगानीकर्ता संस्था तथा व्यक्तिको क्रस होल्डिङ भेटपछि सेयर व्यवस्थापन गर्न समितिले सम्बन्धित कम्पनीलाई पत्र काटेको हो ।

बीमा क्षेत्रमा एकै व्यक्ति, संस्था तथा समुहको एकाधिकार घटाइ स्वच्छ र प्रतिष्पर्धात्मक व्यवसाय गराउने उद्देश्यले समितिले क्रस होल्डिङ घटाउन खोजेको पत्रमा उल्लेख गरेको छ । समितिले असोज ४ गते क्रस होल्डिङ भएका बीमा कम्पनीहरुमा पत्र लेखेर एक हप्ताभित्र धारणा मागेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

पत्र पठाइएका कम्पनीहरुमा ७ वटा लगानीकर्ता संस्था तथा व्यक्तिको साढे १ प्रतिशतदेखि ३२ प्रतिशतसम्मको क्रस होल्डिङ भएको समिति स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार क्रस होल्डिङ भएका कम्पनीहरुले संस्थापक सेयर व्यवस्थापन गरिसक्न निर्देशन भइसकेको छ । जसमा मर्जर तथा प्राप्तीलाई समितिले पहिलो प्राथमिकतामा राखेको स्रोतको भनाइ छ ।

समितिले बीमकको संस्थापक सुशासन सम्बन्धी निर्देशिका २०७५ को परिच्छेद ९ दफा ४९ अनुसार सो पत्र कम्पनीहरुलाई पठाएको हो ।

जसअनुसार व्यक्ति, एकाघर परिवार, संगठित संस्था तथा समुहले एउटा बीमा कम्पनीमा लगानी गर्दा चुक्ता पुँजीको १५ प्रतिशतसम्म लगानी गर्न पाउँछ । तर, एक कम्पनीमा लगानी गरिसकाले सोही प्रकारको व्यवसाय गर्ने अर्को कम्पनीमा १ प्रतिशतभन्दा बढी लगानी गर्न नपाउने संस्थागत सुशासन सम्बन्धि निर्देशनमा उल्लेख छ ।

तर, समितिले क्रस होल्डिङ प्रयोजनार्थ कम्पनीहरुको संस्थापक सेयरधनी र उनीहरुको लगानीको अध्ययन गर्दा निर्देशनले तोकेकोभन्दा बढी लगानी १५ वटा कम्पनीमा एकाघर परिवार, ब्यक्ति, समुह तथा संस्थाको पाइएको हो ।

कुन कम्पनीका कस्को कति क्रस होल्डिङ ?
समिति स्रोतका अनुसार बीमकको पुँजी संरचनामा संस्थापक सेयरधनी तथा निज संलग्न समुह अन्तर्गतबाट यी कम्पनीमा १ प्रतिशतभन्दा बढी लगानी गरिएको छ ।

जसमा शशीकान्त अग्रवालले शिखर इन्स्योरेन्समा १६ प्रतिशत र युनाइटेड इन्स्योरेन्समा ३ प्रतिशत लगानी गरेको गरेका छन् ।

यस्तै, विशाल गु्रपले नेपाल लाइफ इन्स्योरेन्समा १५ प्रतिशत, एलआइसी नेपाल इन्स्योरेन्समा २५ प्रतिशत र सुर्या लाइफ इन्स्योरेन्समा ३२ प्रतिशत लगानी गरको छ ।

सनराइज बैंकले सगरमाथा जनरल इन्स्योरेन्समा ४.५ प्रतिशत र लुम्बिनी जनरल इन्स्योरेन्समा १.५ प्रतिशत लगानी गरको छ ।

कुमारी बैंकले जनरल इन्स्योरेन्स कर्पोरेसनमा ५ प्रतिशत र लुम्बिनी जनरल इन्स्योरेन्समा १.५ प्रतिशत लगानी गरेको छ ।

समिति स्रोतकाअनुसार हाथवे इन्भेस्मेन्टले अजोड इन्स्योरेन्समा १.५ प्रतिशत र लुम्बिनी जनरल इन्स्योरेन्समा ३.५२ प्रतिशत लगानी गरेको छ ।

पवन गोल्यानका बुवा वासुदेव गोल्यानका नाममा एशियन लाइफ इन्स्योरेन्समा ७.५ प्रतिशत र नेपाल लाइफ इन्स्योरेज्समा ६.५ प्रतिशत लगानी छ ।

यता, चन्द्र ढकालले आफ्नो आइएमइ ग्रुपको नाममा रिलायबल लाइफ इन्स्योरेन्समा १० प्रतिशत र आईएमई लाइफ इन्स्योरेन्समा २२ प्रतिशत सेयर लगानी गरेको समिति स्रोतले जानकारी दिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्