Shikhar Insurance

यामाहाको सर्वाधिक प्रतिक्षित बाइक एमटी १५ बीएस सिक्स नेपालमा

सिंहदरबार संवाददाता
२०७८ आश्विन १२, मंगलवार १९:२९
NIMB
Nabil Bank

काठमाडौं । यामाहाले नयाँ तथा सर्वाधिक बहुप्रतिक्षित मोटरसाइकल एमटी १५ बीएस सिक्स सार्वजनिक गरेको छ । एमटी १५ ले प्राप्त गरेको सफलतापछि यामाहाले नयाँ एमटी १५ बीएस सिक्स नेपाल बजारमा प्रस्तुत गरेको छ ।

एमटी १५ बीएस सिक्स नवीन श्रृंखलाको बाइक हो । जसमा सुधारिएको एफआई इन्जिन, एबीएस, एसिस्ट स्लिपर क्लच, १४० एमएम रेडियल टायर जडित छन् । यामाहाले यो नयाँ एमटी १५ बिएस ६ अझ धेरै नयाँ भेरियन्टमा उपलब्ध गराएको छ । नयाँ बाइक आइस फ्लड र नियन ग्रिन, मेटालिक ब्ल्याक र भर्मिलिअन, डार्क म्याट ब्ल्यू र नियन ग्रिन, मेटालिक ब्ल्याक, डार्क म्याट ब्ल्यू तथा आइस फ्ल र भर्मालिअन रंग भेरियन्ट नेपाल भित्रिएको छ ।

Citizen Life
Kumar Bank

नेपाली बजारमा एमटी १५ बीएस सिक्सको ठुलो मागले गर्दा यामाहा नेपालले बाइकको प्रिबुकिङ लिएको थियो । यामाहा नेपाल एमटी १५ को लञ्च नेपालको सबैभन्दा ठूलो एक्स्चेन्ज ‘यामाहा महा एक्स्चेन्ज’ मेलामा लन्च गरिएको थियो । कार्यक्रममा १८० वटा प्रि बुकिङ भएका बाइक वितरण पनि गरिएको छ ।

सन् २००५ मा निर्माण शुरु गरेको एमटी श्रृंखला यामाहाको नेकेड बाइक सिरिज परिवारको सदस्य हो । एमटीको यो श्रृंखला डार्क साइड अफ जापान नामले पनि परिचित छ । मास्टर अफ टर्कको विरासत सन् २००५ मा एमटी–०१ बाट शुरु भएको थियो । जुन हालसम्म पनि यामाहाले विश्वव्यापी सफलतापूर्वक निर्माण र वितरण गर्दै आइरहेको छ ।

एमटी १५ श्रृंखलाका बाइकहरु सिटी–अर्बन स्पोर्टस् बाइक हुन् । यो श्रृंखलाको बाइक ती युवाहरुलाई ध्यानमा राखेर निर्माण गरिएका छन्, जो मोटरसाइकलसँग उत्साहित रहने गर्दछन् । एमटी १५ बीएस सिक्स बाइकहरु मोडर्न प्रविधि सवार गरेर सन्तुष्टि प्राप्त गर्न चाहने युवा पुस्तालाई आकर्षित गर्न सक्षम हुँदै आएको छ । साथै यी बाइकहरुको पावर र कम्प्याक्ट डिजाइनले एमटी जस्तो बाइक पाउन युवालाई लोभ्याउने गराउने गरेको छ ।

नेपाली बजारमा यो एमटी बाइक श्रृंखलाको एमटी १५ बीएस फोर २०१९ मा लञ्चले सफलता प्राप्त गरेको थियो । यसमा मनै लोभ्याउन बाइफंक्सनल एलईडी हेडलाइट र स्टाइलिस्ट, स्पोर्टी, सुन्दरतापूर्ण बनावट छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्