Shikhar Insurance

बुद्धभुमिको आईपीओ भर्ने आज अन्तिम दिन, १५ लाख ७७ हजारले भरे, तपाईले नी ?

सिंहदरबार संवाददाता
२०७८ आश्विन १४, बिहीबार ०९:१९
NIMB
Nabil Bank

बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन हो । कम्पनीले असोज ११ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ निष्काशन गरेको थियो ।

कुल निष्काशनमध्ये २ प्रतिशतले हुने १६ हजार कित्ता शेयर संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुने ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ७ लाख ४४ हजार कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन पाइन्छ ।

Citizen Life
Kumar Bank

कम्पनीको शेयर बिक्री प्रबन्धक सिभिल क्यापिटल छ । बुधबार साँझसम्म कम्पनीको आईपीओमा १५ लाख ७७ हजार ८ आवेदकले २ करोड १ लाख २५ हजार ३७० कित्ता शेयर माग गरिसकेका छन् ।

कम्पनीले साउन ३२ गतेदेखि भदौ १५ गतेसम्म पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई ४ लाख कित्ता आईपीओ निष्कासन गरी बाँडफाँड गरिसकेको छ ।

बुद्धभूमिले नुवाकोटमा ५ मेगावाट क्षमताको तल्लो तादीखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्