Shikhar Insurance

सर्वाधिक ब्याज दिँदै आएको सनराइजले बिनाधितो १५ लाख रुपैयाँ ‘पेरोल लोन’ दिने

सिंहदरबार संवाददाता
२०७८ आश्विन १४, बिहीबार १८:०५
NIMB
Nabil Bank

काठमाडौं । सनराइज बैंकले विभिन्न संघ संस्था तथा कार्यालयमा कार्यरत कर्मचारी वर्गलाई लक्षित गरी सनराइज पेरोल लोन योजना ल्याएको छ । योजना अन्र्तगत बैंकमा सनराइज पेरोल सेभिङ एकाउन्ट भएका कुनै पनि ग्राहकले बिना धितो १५ लाख रुपैयाँसम्मको कर्जा लिन सक्नेछन् ।

योजना अनुसार ग्राहकहरुले अधिकतम २४ महिनाको तलब अथवा ५ लाख सम्मको ओभरड्राफ्ट र १० लाख रुपैयाँसम्मको टर्म लोन गरी अधिकतम १५ लाख रुपैयाँसम्मको कर्जा लिन सक्नेछन् । कर्जा लिन ग्राहक कुनै पनि संस्थाको कर्मचारी हुनुपर्नेछ ।

Citizen Life
Kumar Bank

उक्त कर्जा ५ वर्ष सम्मको लागि प्रदान गरिने छ । साथै सन्राइज बैंकले आफ्नो १४ औं वार्षिक उत्सव र दशैंको अवसर पारेर मुद्दती खातामा सर्वाधिक १०.०७ प्रतिशत सम्मको ब्याज दिने समेत व्यवस्था गरेको छ ।

बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउन्टर, १६० वटा एटीएम र ९१ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्