Shikhar Insurance

न्यादी हाइड्रोपावरको आइइपीओ आयो, २ लाख २२ हजार जनालाई १० कित्ता पर्ने

सिंहदरबार संवाददाता
२०७८ आश्विन १५, शुक्रबार ०८:४७
NIMB
Nabil Bank

काठमाडौं न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन खुलेको छ । कम्पनीले आजबाट प्रति कित्ता १०० रुपैयाँ दरका २२ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।

कुल निष्काशनको २ प्रतिशतले हुने ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुने एक लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी २० लाख ९२ हजार ५०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

Citizen Life
Kumar Bank

न्युनतम १० कित्तादेखि अधिकतम ५० कित्ता सम्म भर्न पाइने आईपीओमा १९ गतेसम्म आवेदन दिन सकिन्छ । आईपीओ बिक्रिको जिम्मा भने ग्लोबल ग्लोबल आइएमई क्यापिटल लिमिटेडले पाएको छ । कम्पनीले केयर रेटिङ्ग नेपालबाट केयर एनपी डबल बी इस्युअर रेटिङ्ग प्राप्त गरेको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्