Shikhar Insurance

विधान महाधिवेशनमा शंकर पोखरेललाई ‘उत्तराधिकारी एक्सपोजर’

सिंहदरबार संवाददाता
२०७८ आश्विन १५, शुक्रबार २०:४३
NIMB
Nabil Bank

काठमाडौं । ललितपुरको गोदावरीमा नेकपा(एमाले)को विधान महाधिवेशन जारी छ । महाधिवेशनले एमालेको नयाँ संगठन संरचना तय गर्ने कार्यसूचि छ । नेतृत्व छान्ने कुनै योजना नै नभएको बिधान महाधिवेशनमा अध्यक्ष ओलीले उत्तराधिकारी एक्सपोजर दिएका छन् ।

राजनीतिक प्रतिवेदन बाचन गर्दै गर्दा ओलीको घाँटीमा समस्या देखियो, उनी हल्का ज्वरोको बिरामी पनि थिए । ओलीले हल्का बिसञ्चोको संकेत देखिएपछि उनले प्रतिवेदन वाचन बिचमै रोकेका थिए ।

Citizen Life
Kumar Bank

ओलीले आफु सिटमा बसेर स्थायी कमिटी सदस्य शंकर पोखरेललाई प्रतिवेदन वाचनको जिम्मेवारी सुम्पिएका थिए । कुल ६ हजार ३ सय ४७ प्रतिनिधिहरु सहभागी रहेको महाधिवेशनमा ओलीले उपाध्यक्षहरु, महासविच, उप महासचिवहरु र सचिवहरुलाई छाडेर स्थायी कमिटी सदस्य पोखरेललाई वाचनको जिम्मा दिनुलाई उत्तराधिकारी एक्सपोजरका रुपमा हेरिएको छ । ओलीको खास समुहले पोखरेललाई नै भावी नेतृत्वका रुपमा अघि सार्ने गरेको छ ।

महासचिव इश्वर पोखरेल, उप महासचिव बिष्णु पौडेल र सुभाष नेम्बाङले समेत ओलीपछि पार्टीको नेतृत्वमा दावी गर्दै आईरहेका छन् । तर ओलीले आगामी महाधिवेशनमा प्रतिनिधीका रुपमा सहभागी हुने अधिकांश कार्यकर्ताहरुलाई सामु आफ्नो प्रतिवेदन वाचनको जिम्मा पोखरेललाई दिएर आफ्नो उत्तराधिकारीको संकेत दिएका हुन् ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्