Shikhar Insurance

जोन डियरको अत्याधुनिक ५० हर्स पावरको ट्रयाक्टर नेपालमा

सिंहदरबार संवाददाता
२०७८ आश्विन १५, शुक्रबार २१:२१
NIMB
Nabil Bank

काठमाडौं । अमेरिकाको डियर एन्ड कम्पनीको सहायक कम्पनी जोन डियर इन्डियाले नेपालमा ५० हर्स पावरको फोर हवील ड्राइभ भएको नयाँ ट्रयाक्टर ल्याएको छ । यो ट्रयाक्टर अत्याधुनिक प्रविधि सहितको विभिन्न विशेषता भएको हुनाले किसान समुदायको उत्पादकत्व बढाई आम्दानी बढाउने बताइएको छ ।

कम्पनीले यसै समारोहबीच जोन डियरको दशौं हजार नम्बरको ट्रयाक्टर नेपाली उपभोक्तालाई हस्तान्तरण गरेको छ । उक्त समारोहमा कम्पनीका बिक्री तथा मार्केटिङ्ग निर्देशक सत्यन शाहले किसान उपभोक्ता तथा नेपालको लागि आधिकारिक विक्रेता विवेक अटोमोबाइल्ससँगको लामो सहयात्रामा यो एकदमै ऐतिहासिक क्षण भएको बताए । ट्रयाक्टरको विशेषता तथा उपभोक्ता मैत्री सेवाले नै सफलता हात लागेको तथा विवेक अटोमोबाइल्सको देशैभरी छरिएर रहेका बिक्री तथा सेवा केन्द्रको पनि सफलतामा देन रहेका जिकिर गरे ।

Citizen Life
Kumar Bank

जोन डियर आफ्नो उच्च उद्देश्य ‘बि रन सो लाइफ क्यान लिप फरवार्ड’को साथ संसारभरका किसान समुदायका लागि उसको कृषि उत्पादकता र आय बढाउन प्रविधिका रुपमा उत्कृष्ट उत्पादन र सेवाहरुका लागि प्रतिवद्घ छ । जोन डियरले कृषि श्रृङ्खला एकिकृत समाधान प्रदान गरेर विश्वकै धेरै क्षेत्रमा कृषि पद्घतीको आधुनिकिकरणमा नेतृत्व गरीरहेको छ । किसानहरुलाई कृषि उद्यमीको एक स्तरमा रुपान्तरण गर्न जोन डियरले विश्वासको साथ दृढतापुर्वक निर्वाह गरीरहेको छ ।

डियर एन्ड कम्पनी, संसारमै अत्याधुनिक प्रविधियुक्त वस्तु उत्पादन गर्ने तथा उपभोक्तालाई उत्कृष्ट सेवा दिने कम्पनीको रुपमा सु–परिचित छ । सन् १८३७ देखि नै जोन डियरले उत्कृष्ट विशेषतायुक्त नविनतम वस्तुहरु (खेतीपाती तथा कन्सट्रक्सन क्षेत्रका लागि) विश्व बजारमा ल्याउदै आएको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्