Shikhar Insurance

साढे दुई महिनादेखि अवरुद्ध मैलुङ–स्याफ्रुबेशी सडक मर्मत काम सुरु

सिंहदरबार संवाददाता
२०७८ आश्विन १६, शनिबार ०९:०३
NIMB
Nabil Bank

रसुवा । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ स्याफ्रुबेशी सडक मर्मत कार्य सुरु भएको छ । वर्षाका कारण  साढे दुई महिनादेखि अवरुद्ध सडक मर्मतको काम सुरु गरिएको हो ।

वर्षायाम सुरु भएसँगै पहिरो गई अवरुद्ध रहेको मैलुङ स्याफ्रुबेशी सडक सञ्चालनका लागि मर्मत कार्य सुरु गरिएको गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेशी–रसुवागढी सडक योजनाका प्रमुख नारायणदत्त भण्डारीले बताए ।

Citizen Life
Kumar Bank

सडक सञ्चालनका लागि ब्लाष्ट्रिङ गरि मर्मतको काम भइरहेको उनले बताए । सडक सुचारु गराउन स्काभेटर, लोडर, टिपर लगायतका ६ वटा उपकरण प्रयोग भएको उनले बताए । अवरुद्ध सडक एक साता भित्रमा सञ्चालनमा आउनेसमेत भण्डारीले बताए ।

सडकमा आवतजावतका लागि जोखिम बढेसँगै गएको १ असारदेखि योजनाले सार्वजनिक सूचनामार्फत वर्षायामभर सडक सञ्चालनमा नआउने भनेको थियो । सडक अवरुद्ध भएसँगै बेत्रावती कालिकास्थान धुन्चे स्याफ्रुबेशी सडकमार्फत सवारी साधनको आवतजावत भइरहेको छ । वर्षायाम कम भएसँगै अहिले सडक सञ्चालन गर्न लागिएको जनाइएको छ ।

राष्ट्रिय प्राथमिकता प्राप्त मैलुङ–स्याफ्रुबेशी सडक खण्ड नेपाली सेनाले निर्माण गरेको डबल लेनको सडक हो । सो सडक खण्डको लम्बाइ १७ किलोमिटर रहेको छ । नेपाली सेनाले निर्माण गरेको यो सडक बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु जोड्ने सडकभन्दा २५ किलोमिटर छोटो हुनेछ ।

बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको बेत्रावती मैलुङ स्याफ्रुबेसीको दूरी २९ किलोमिटर मात्रै छ । पासाङल्हामु राजमार्ग अन्तर्गत पर्ने धुन्चे खण्डमा धेरै घुम्ती पार गर्नुपर्ने भए पनि यो सडकमा एउटा पनि घुम्ती छैन् । बेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रुबेँसी सडकमा उकालो र ओरालो हुँदै ३५ वटा कठिन घुम्ती पार गर्नुपर्ने भए पनि मैलुङतर्फबाट हिँड्नका लागि कुनै पनि घुम्ती पार गर्नु पर्दैन ।

यस्तै, स्याफ्रुबाट धुन्चे, कालिकास्थान हुँदै बेत्रावती पुग्ने सडकभन्दा स्याफ्रुबाट मैलुङ हुदै बेत्रावती निस्कन पेट्रोलियम पदार्थको खपत कम हुने र छिट्टै गन्तव्यमा पुगिने हुँदा कन्टेनर चालकहरू यो सडकतर्फ आकर्षित हुदै गएका थिए ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्