Shikhar Insurance

घोडीघोडा र युनिक नेपाल लघुवित्त मर्ज हुँदै, आज विशेष साधारणसभा

सिंहदरबार संवाददाता
२०७८ आश्विन १६, शनिबार ०६:०६
NIMB
Nabil Bank

काठमाडौं । घोडीघोडा लघुवित्तको विशेष साधारणसभा शनिबार बस्दैछ । होटल रुबस बैयाबेहडी धनगढी कैलालीमा बिहान ११ः३० बजे सुरु हुने सभामा घोडीघोडा लघुवित्त वित्तीय संस्था र युनिक नेपाल लघुवित्तसँग मर्ज हुने प्रस्ताव पेस हुनेछ ।

सभामा घोडीघोडाको एक सय कित्ता सेयर बराबर युनिक नेपालको ५० कित्ता सेयर अनुपातमा मर्जर हुने प्रस्ताव पेस हुनेछ । यता, घोडीघोडा र युनिक नेपाल एक आपसमा मर्ज हुने टुंगो लागेपछि २३ कात्तिक ०७७ देखि घोडीघोडाको सेयर कारोबार रोक्का भएको छ ।

Citizen Life
Kumar Bank

अब दुई कम्पनी मर्ज भएपछि घोडीघोडा लघुवित्तको नामबाट सेयर कारोबार खुला हुनेछ । यी दुई कम्पनीबीच २१ कात्तिक ०७७ मा मर्जसम्बन्धी सहमतिमा हस्ताक्षर भएको थियो ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्