Shikhar Insurance

आजसम्म कायम सेयरधनीले मात्र सानिमामाई हाइड्रोपावरको लाभांश पाउने

सिंहदरबार संवाददाता
२०७८ आश्विन १७, आईतवार ११:१९
NIMB
Nabil Bank

काठमाडौं । सानिमामाई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम दिन रहेको छ । लाभांश तथा साधारणसभाका लागि सानिमामाईले १८ असोजमा बुकिङ क्लोज गर्ने भएको छ । उक्त हाइड्रोपावरको आजसम्म कायम सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।

यसले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर तिर्न शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश दिन लागेको हो । लाभांश पारित गर्न कम्पनीले ११ कात्तिकमा सुकेधारा हाइट काठमाडौंमा बिहान ११ बजे साधारणसभा आह्वान गरेको छ । सभा भौतिक रुपमा उपस्थिति भइ तथा भर्चुअल माध्यमबाट आयोजना हुनेछ ।

Citizen Life
Kumar Bank
GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्