Shikhar Insurance

लक्ष्मी लघुवित्तले २७ प्रतिशत लाभांश दिने

सिंहदरबार संवाददाता
२०७८ आश्विन १७, आईतवार १३:३०
NIMB
Nabil Bank

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको कमाइबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्तको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र सात दशमलव ३६ प्रतिशत नगद वितरण गर्ने निर्णय गरेको हो ।

यसरी लघुवित्तले ६ करोड ४० लाख नाै हजार रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । त्यस्तै, दुई करोड ३५ लाख  ८२ हजार २६३ रुपैयाँ नगद बाँड्नेछ । कम्पनीले नगद र बोनस गरी कुल २७ दशमलव ३६८४२१ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।  प्रस्तावित लाभांश नियामक राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई वितरण हुनेछ ।

Citizen Life
Kumar Bank

कम्पनीले अघिल्लो वर्ष यसले १५ प्रतिशत बोनस सेयर र आठ दशालव १६ प्रतिशत गरी कुल २२ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्