Shikhar Insurance

एक्सेलको साधारणसभाबाट १२ दशमलव ६३ प्रतिशत लाभांश पारित

सिंहदरबार संवाददाता
२०७८ आश्विन १७, आईतवार १५:०३
NIMB
Nabil Bank

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको १५औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

साधारण सभाले आव ०७६/७७ को वितरणयोग्य संचित मुनाफा र सेयर प्रिमियमबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजी  ८१ करोड ११ लाख २१ हजारको १२ प्रतिशतका दरले बोनस सेयर र उक्त बोनस सेयरबापतको कर प्रयोजनको लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

Citizen Life
Kumar Bank

सभाबाट बैंकले सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने तीनजना सञ्चालक निर्वाचित गरेकाे छ । निर्वाचित हुनेमा पर्शुराम दाहाल, पुरुषोत्तम लम्साल र पेशलराज पोखरेल छन् ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्