Shikhar Insurance

बिक्रान्तले ४ गोल हान्दा ढुकुको जित

सिंहदरबार संवाददाता
२०७८ आश्विन १७, आईतवार २१:४१
NIMB
Nabil Bank

काठमाडौं । विक्रान्त नरसिंह राणाको ४ गोल मद्दतमा ढुकु फुटसलले पोखरामा जारी ‘ए डिभिजन’ राष्ट्रिय फुटसल लिगमा अर्को जीत दर्ता गरेको छ ।

राणाको ह्याट्रिकसँगै राजधानीको टोलीले ७-५ गोलअन्तरको नतीजा निकालेको हो ।

Citizen Life
Kumar Bank

मछिन्द्र स्काइ गोल्सविरूद्ध ढुकुका रानाले चार गोल गर्दा उर्केन शेर्पा र प्रसिद्ध मगरले एक-एक गोल गरे । मछिन्द्रका लागि अमित तामाङले दुई तथा मनोज राई, आशिष सुनम र कप्तान संजोग चाम्लिङले समान एक-एक गोल गरे ।

अर्को खेलमा सविन मेमेरियलले प्रभातफेरी युथ क्लबमाथि ८–४ गोल अन्तरको जीत निकालेको छ भने शङ्खमूल फुटसलले झरना फुटसललाई ७–० को फराकिलो गोल अन्तरले पाखा लगायो ।

अखिल नेपाल फुटबल सङ्घ(एन्फा)ले देशमै पहिलोपटक फुटसल लिगको आयोजना गरेको हो । असोज २ गतेदेखि सञ्चालन भइरहेको लिग आगामी असोज २२ गतेसम्म जारी रहनेछ । लिगको विजेताले १० लाख तथा उपविजेताले पाँच लाख रूपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । लिगको उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र उदीयमान खेलाडीले जनही २५ हजार रूपैयाँका दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्