Shikhar Insurance

के हो अर्बपति नंग्याउने प्यान्डोरा पेपर्स ?

सिंहदरबार संवाददाता
२०७८ आश्विन १८, सोमबार १३:०१
NIMB
Nabil Bank

एजेन्सी । पान्डोरा पेपेर्स विश्वका धनाढ्य र शक्तिशाली व्यक्तिले अवैध ढंगले लुकाएको धन, कर नतिरेको सम्पत्तिवारे करिव १ करोड २० लाख कागजात चुहावटको एउटा दस्तावेज हो । अमेरिकाको वासिंगटन डीसीस्थित अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको सञ्जाल ‘इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट’ (आईसीआईजे) ले ती दस्तावेज सार्वजनिक गरेको हो ।

११७ देशका ६०० सञ्चारकर्मीले महिनौं लगाएर विभिन्न १४ स्रोतबाट प्राप्त गरेको फाइल अध्ययन गरेका थिए । पान्डोरा पेपर्स दस्तावेजमा ६४ लाख कागजात, ३० लाख तस्विर, १० लाखभन्दा बढी इमेल र झन्डै पाँच लाख स्प्रेडसीट छन् । विश्वका ९० देशका ३३० भन्दाबढी राजनीतिज्ञसहित सयौं शक्तिशाली व्यक्तिले आफ्नो अकूत धन लुकाउन कसरी अफसोर कम्पनी प्रयोग गरे भन्ने विषयलाई दस्तावेजले खुलासा गरेको छ ।

Citizen Life
Kumar Bank
GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्