Shikhar Insurance

प्यान्डोरा पेपर्स : पुटिनकी प्रेमिकाको नाममा १० करोड डलर अवैध सम्पत्ति

सिंहदरबार संवाददाता
२०७८ आश्विन १८, सोमबार १३:०४
NIMB
Nabil Bank

एजेन्सी । रसियाली राष्ट्रपति भ्लादमिर पुटिनले प्रेमिकाका लागि महँगो अर्पाटमेन्ट, एउटा याचसहित करिव १० करोड डलर बराबरको अवैध सम्पत्ति जम्मा गरिदिएको खुलासा भएको छ ।

अमेरिकाको वासिंगटन डीसीस्थित अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको सञ्जाल  ‘इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट’ (आईसीआईजे) ले देशबाहिर कर छल्न स्थापना गरिएका अफशोर कम्पनीबारे तयार पारेको दस्ताबेज प्यान्डोरा पेपर्सले यस्तो सार्वजनिक गरेको हो ।

Citizen Life
Kumar Bank

राष्ट्रपति पुटिन आफ्नो गृह जिल्ला सेन्ट पिटर्सवर्गको उपमेयर भएदेखि नै रसियाली सुन्दरी स्भेटलाना क्रिभोनोगिखसँग जोडिएका छन् । ४६ वर्षीय स्भेटलानाको तर्फबाट पुटिनको एक छोरीसमेत भएको बताइन्छ ।

अफसोर कम्पनीमार्फत क्यारिवियन र भर्जिन आइल्यान्डमा स्भेटलानाले अबैध कारोबार गरेको आईसीआइजेको दस्तावेजमा उल्लेख छ । पुटिनले स्भेटलानाका लागि सेन्ट पिटर्सवर्गमा एउटा फ्ल्याट र महत्वपूर्ण सम्पत्ति जोहो गरेको दस्तावेजमा उल्लेख छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्