Shikhar Insurance

सेज र निफ्राबीच समझदारी

सिंहदरबार संवाददाता
२०७८ आश्विन १८, सोमबार १४:२२
NIMB
Nabil Bank

काठमाडौं । औद्योगिक विकास प्रवर्द्धनका लागि विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । निजी क्षेत्रको सहभागिता वा सार्वजनिक निजी साझेदारीमार्फत औद्योगिक पूर्वाधारमा लगानी, सोको विकास, निर्माण तथा संचालनका लागि आवश्यक सहकार्य भएको हो ।

समझदारीपत्रको मुल उद्देश्य पाँचखाल विशेष आर्थिक क्षेत्र तथा बारा जिल्लाको सिमरामा अवस्थित विशेष आर्थिक क्षेत्र ब्लक ‘बी’ र ‘सी’ को प्राविधिक र आर्थिक प्राबिधिक विश्लेषण, परियोजनाको बजारीकरण र विकासकर्ता छनौटका लागि आवश्यक सहयोग, बैंकको तर्फबाट वा बैंकको अगुवाइमा स्वपुंजी तथा ऋण लगानीको व्यवस्थापन र आवश्यक अन्य प्राविधिक सहयोग र सहकार्य गरी सार्वजनिक निजी साझेदारीको माध्यमबाट विशेष आर्थिक क्षेत्रहरुको विकास तथा कार्यान्वयन गर्नु रहेको छ ।

Citizen Life
Kumar Bank

उद्योग सचिव अर्जुन प्रसाद पोखरेलको समुपस्थीतिमा प्राधिकरण र बैंकका अधिकारीहरुको सहभागिता रहेको सो अवसरमा विशेष आर्थिक क्षेत्र प्राधिकरणको तर्फबाट कार्यकारी निर्देशक बलराम रिज्याल र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गरे ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्