Shikhar Insurance

६ घन्टा डाउन भएपछि फेरि चले फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम, के थियो समस्या ?

सिंहदरबार संवाददाता
२०७८ आश्विन १९, मंगलवार १०:२६
NIMB
Nabil Bank

एजेन्सी । करिव ६ घन्टा विश्वव्यापी अवरोधपछि फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम पुनः सञ्चालनमा आएका छन् ।  अबरोध हुँदा अर्बौँ प्रयोगकर्ताले सेवा प्रयोग गर्न पाएका थिएनन् । आफ्ना सेवाले शत प्रतिशत काम गर्न भने केही समय लाग्ने फेसबुकका प्रमुख प्रविधि अधिकृतले बताएका छन् ।

नेटवर्किङसम्बन्धी समस्या हुँदा यी सेवा वेबसाइट र स्मार्टफोन एपहरूमा चलाउन सकिएको थिएन । यी तीनवटै सामाजिक सञ्जालहरू फेसबुक कम्पनीका हुन् । केही समयको अवरोधका लागि फेसबुकले क्षमा मागेको छ । सेवा प्रभावित भएपछि विश्वभरका १ करोडभन्दा बढी मानिसले फेसबुकमा गुनासो गरेका थिए ।

Citizen Life
Kumar Bank

नेटवर्क समस्या समाधान गर्न र डिजिटल मञ्चलाई पूर्ववत अवस्थामा फर्काउन आफ्ना प्राविधिज्ञले सक्दो छिटो काम गरेको फेसबुकले जनाएको छ । नेटवर्कमा कसरी समस्या आयो भन्ने वारेमा फेसबुकले अनुसन्धान गरिरहेको छ । यसअघि सन् २०१९ मा पनि फेसबुकमा अवरोध भएको थियो ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्