Shikhar Insurance

इसेवाको चाडपर्व लक्षित अफरमा उपहारै उपहार, बम्परमा स्कुटर

सिंहदरबार संवाददाता
२०७८ आश्विन १९, मंगलवार ११:०९
NIMB
Nabil Bank

काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले नेपालीहरूको महान चाड दसैं र तिहारलाई लक्षित गर्दै विभिन्न किसिमका योजना सार्वजनिक गरेको छ । योजना अनुसार इसेवामार्फत घटस्थापना देखि १० दिनसम्म कुनैपनि बैंकमा निःशुल्क रकम ट्रान्स्फर गर्न सकिनेछ ।

यस्तै बम्पर उपहारमा रू सयमा स्कुटर योजनामा एक जना भाग्यशाली विजेताले स्कुटर जित्न सकिनेछ । स्कुटर नपाउने व्यक्तिको रकम टपअपद्वारा फिर्ता गरिनेछ ।

Citizen Life
Kumar Bank

यस्तै साप्ताहिक रूपमा एक जना भाग्यशाली विजेताले आकर्षक उपहार प्राप्त गर्नेछन् । सेन्ड मनि दसैं क्याम्पेनमा ५ सय जनाले रू ५०० र सेन्ड मनि तिहार योजनामा पनि ५ सय जनाले नै रू ५ सय डिजिटल दक्षिणा प्राप्त गर्नेछन् । यस्तै फ्ल्यास अफर अन्तरगत मोबाईल रिचार्जमा १० प्रतिशत अथवा रू ५० सम्मको क्यासब्याक पाउन सकिनेछ । यो योजना ४ अक्टोबर देखि १३ अक्टोबरसम्म लागु हुनेछ । यस्तै एयरलाइन्स योजनामा दैनिक ३ जनाले रिटर्न टिकट प्राप्त गर्नेछन् भने एक जना भाग्यशाली विजेताले स्कुटर जित्न सक्नेछन् । यो योजना २८ सेप्टेम्बर देखि १२ अक्टोबरसम्म लागु हुनेछ ।

मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब ५० लाख रहेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ६० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब एक लाख ४० हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । हाल इसेवामा मर्चेन्टको संख्या तीन लाख नाघिसकेका छन् ।

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५० वटा बैंक तथावित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्