Shikhar Insurance

नेपाल बंगलादेश क्यापिटलको तेस्रो वार्षिक साधारण सम्पन्न, १९ प्रतिशत नगद लाभांश पारित

सिंहदरबार संवाददाता
२०७८ आश्विन १९, मंगलवार ११:४०
NIMB
Nabil Bank

काठमाडौं । नेपाल बंगलादेश क्यापिटलको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आषाढ ३१, २०७८ मा समाप्त भएको वर्षको वासलात, तथा सोही मितिमा समाप्त भएको आ.व. २०७७/७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण, सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार आर्थिक वर्ष २०७७/७८ सम्मको संचित मुनाफाबाट कम्पनीका शेयरधनीहरुलाई २०७८ आषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजीको १९ प्रतिशत नगद लाभांश (रु.२०,००,००,००० /— चुक्ता पूँजीको १९ प्रतिशतले हुन आउने रकम रु.३,८०,००,००० /—) कर सहित वितरण गर्ने, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण गर्न लेखापरीक्षण समितिको सिफारिस मुताबिक लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तथा नियुक्तिको शर्त तोक्ने प्रस्तावहरु पारित भएको छ ।

साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्ने विशेष प्रस्ताव समेत पारित भएको छ ।

Citizen Life
Kumar Bank
GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्