Shikhar Insurance

७० जनाले उजुरी दिएका रहेछन् इच्छाराजविरूद्ध

सिंहदरबार संवाददाता
२०७८ आश्विन १९, मंगलवार १२:०६
NIMB
Nabil Bank

काठमाडौं । व्यवसायी तथा पूर्वसांसद इच्छाराज तामाङविरूद्ध ७० जनाले उजुरी दिएको खुलेको छ । सोही उजुरीका आधारमा तामाङलाई केन्द्रिय अनुसन्धान ब्युरोले पक्राउ गरेको प्रहरीले बताएको छ ।

तामाङले आफ्नो सहकारिबाट ९० प्रतिशतभन्दा बढी कर्जा आफैंले लिएका थिए ।

Citizen Life
Kumar Bank

निक्षेपकर्ताको करोडौं रुपैयाँ ठगी गरेको अभियोगमा पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहितलाई प्रहरीले १२ जनालाई प्रकाउ गरेको थियो । सिभिल सहकारीको निक्षेप ठगी गरेको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले पक्राउ गरेका तामाङ र उक्त सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठसहितका १२ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्ने तामाङ र श्रेष्ठ नाताले भाञ्जीज्वाइँ र मामाससुरा हुन्। श्रेष्ठ सिभिल होम्सका सञ्चालक समेत हुन् । तामाङ संविधान सभामा एमालेका तर्फबाट सभासद पनि थिए । उनीहरूविरूद्ध निक्षेपकर्ताहरूले ४६ करोड रुपैयाँ ठगीको जाहेरी दिएपछि पक्राउ गरिएको ब्युरोले जनाएको छ ।

तामाङले उक्त सहकारीमा आफूखुसी ऋण प्रवाह गरेको जाहेरीमा उल्लेख छ । सिभिलले आठ अर्ब ३५ करोड १० लाख ८०० रुपैयाँभन्दा धेरै कर्जा लगानी गरेकोमा सात अर्ब रुपैयाँभन्दा बढी तामाङ आफैंले कर्जा लिएको खुलेको छ ।

निक्षेपकर्ताको लामो प्रयासपछि उनीहरू पक्राउ परेका हुन् । साढे तीन हजार बढी बचतकर्ताको विचल्ली बनाएर तामाङ र श्रेष्ठ कहिले अमेरिका त कहिले कुन देशमा लुकेर बस्ने गरेको निक्षेपकर्ताकाले बताएका छन् ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्