Shikhar Insurance

कार्यकाल नतोकिएका बीमा समितिका अध्यक्ष, जागिर कहिलेसम्म ?

सिंहदरबार संवाददाता
२०७८ आश्विन २०, बुधबार १०:४८
NIMB
Nabil Bank

काठमाडौं । सामान्यतयाः हरेक सरकारी नियुक्ति हुँदा ऐनको दफा र कार्यकाल तोकिएको हुन्छ । तर, केही समयअघि भएको एउटा सरकारी नियुक्तीमा ऐनको दफा उल्लेख त भएको छ, कार्यकाल भने तोकिएको छैन ।

सो नियुक्ती हो, बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालको ।

Citizen Life
Kumar Bank
Nepal Life

चिरञ्जिवि चापागाईं समितिबाट बिदाई हुँदै गर्दा कहीँ कतै आंकाक्षीको सुचीमा नअटाएका सिलवाल मन्त्रिपरिषद्को ठडो निर्णयमा सीधै अध्यक्ष नियुक्त भएका हुन् । पूर्व गृह सचिव रहेका विरगञ्जका सिलवाल बामदेब गौतमका नजिकका मानिन्थ्ये ।

आख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त बन्ने ‘रेस’ मा असफल भएपछि सिलवाल तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई समिति अध्यक्षको उपहार दिएका थिए ।

बीमा समितिको अध्यक्ष बन्न उनको आवश्यक योग्यता समेत नपुगेको चर्चा चल्ने गरेको छ भने नेपालको पहिलो निजी पुनरबीमा कम्पनी हिमालयन रि–इन्स्योरेन्सलाई लाइसेन्स दिने ‘सेटिङ’ गरेको आरोप छ ।

अर्थ मन्त्रालयले २०७७ माघ २० गते दिएको नियुक्ति पत्रअनुसार माघ १९ गतेको मन्त्रिपरिषद्को निर्णयले बीमा ऐन, २०४९ को दफा ६ तथा अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धि मापदण्ड, २०७३ बमोजिम सिलवाललाई अध्यक्ष पदमा नियुक्त गरिएको हो । तर, उनको जागिर कहिलेसम्म भन्ने खुलाइएको छैन ।

यसअघि अध्यक्ष रहेका चापागाईं सोही ऐनअनुसार ४ वर्षका लागि नियुक्त भएका थिए ।

यस्तो छ, उनको नियुक्तिपत्रः

GBIME

प्रतिक्रिया दिनुहोस्