Shikhar Insurance

कामना सेवाले ल्यायो अनलाईन डिम्याट सुविधा

सिंहदरबार संवाददाता
२०७८ आश्विन २०, बुधबार १९:०१
NIMB
Nabil Bank

काठमाडौं । कामना सेवा विकास बैंकले अनलाईन मार्फत डिम्याट सुविधा सञ्चालनमा ल्याएको छ । अब बैंकमा बचत खाता भएका ग्राहकले घरमै बसी सहज रुपमा बैंकको अनलाईनमार्फत नै डिम्याट खाता तथा मेरोशेयर खोल्न सक्ने भएका हुन् ।

अनलाईन मार्फत खाताको लागि आवेदन दिएको केहि समयमै डिम्याट खाता खोलिने व्यवस्था बैंकले गरेको छ । साथै बैंकमा खाता नभएका ग्राहक महानुभावहरुले अनलाईनबाटै उच्चतम ब्याजदर सहितको बैंकको नयाँ ‘शुभलाभ लगानी बचत खाता’ खोली यो सुविधा उपभोग गर्न सक्नेछन् । यो खातामा ग्राहकले पहिलो वर्ष निःशुल्क मोबाईल तथा ईन्टरनेट बैकिङ, तथा लकर सुविधा प्राप्त गर्न सक्नुहुनेछ । देशभर फैलिएका बैंकको १२९ शाखा तथा एक विस्तारीत शाखाबाट डिम्याट खाता सम्बन्धी सुविधाहरु सजिलै प्राप्त गर्छन् ।

Citizen Life
Kumar Bank
GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्