Shikhar Insurance

पाँच दिनभित्रै बागमतीकी मुख्यमन्त्री शाक्यको पद जाने, राजेन्द्र पाण्डे नयाँ मुख्यमन्त्री

सिंहदरबार संवाददाता
२०७८ आश्विन २०, बुधबार २२:२८
NIMB
Nabil Bank

काठमाडौं । बागमति प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको पद अबको चार दिनपछि जाने भएको छ । शाक्यले नेतृत्वको प्रदेश मन्त्रिपरिषदले असोज २४ गते प्रदेश सभाको बैठक डाकेका छ । मुख्यमन्त्री शाक्यले असोज २५ गतेभित्र विश्वासको मत लिनै पर्ने बाध्यता रहेको छ ।

१ सय ९ सदस्यीय प्रदेशसभामा शाक्यको दल नेकपा एमालेका ४३ सांसद मात्र छन् । प्रदेशसभाको विश्वास लिन शाक्यले ५५ सांसदको समर्थन जुटाउनुपर्छ ।

Citizen Life
Kumar Bank

माधव नेपाल समुहमा रहेका शाक्य अन्तिम समयमा ओली क्याम्पमा लागेर मुख्यमन्त्री बनेकी थिइन् । शाक्यलाई घर पठाएपछि माधव नेपालको पार्टी नेकपा(एकिकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डेलाई नयाँ मुख्यमन्त्री बनाउने समझदारी सत्ता गठबन्धनमा भैसकेको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्