Shikhar Insurance

हिमालयनले २६ प्रतिशत लाभांश दिने, इन्भेष्टमेण्टभन्दा झन् अब्बल हुने प्रयास !

सिंहदरबार संवाददाता
२०७८ आश्विन २१, बिहीबार ०७:१२
NIMB
Nabil Bank

काठमाडौं । बिग मर्जरको क्रममा रहेको हिमालयन बैंकले २६ प्रतिशत लाभांश दिने भएको छ । हिमालयनले मर्जरको पार्टनर नेपाल इन्भेष्टमेण्ट बैंकभन्दा १० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

गत आवमा बैंकले २ अर्ब १६ करोड ९८ लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको थियो । बैंकको हाल कायम चुक्ता पुँजी १० अर्ब ६८ करोड ४४ लाख रुपैयाँ हो । रिटेन्ड अर्निङसमेत जोड्दा बैंकले २६ प्रतिशत लाभांश दिने क्षमता राख्थ्यो ।

Citizen Life
Kumar Bank

बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले सेयरधनीलाई २१.३६ प्रतिशत बोनस सेयर र ४.६४ प्रतिशत नगद लाभांश (कर प्रयोजनसमेत) दिने प्रस्ताव गरेको हो । इन्भेष्टमेण्टले भने ११.२४ प्रतिशतसमेत १६ प्रतिशतमात्र लाभांश दिँदैछ ।

प्रस्तावित लाभांश राष्ट्र बैंकले स्वीकृती तथा वार्षिक साधारणसभाले पारित गरेपछि मात्र वितरण हुनेछ ।

हिमालयन र इन्भेष्टमेण्ट बीचको हुने भनिएको मर्जर अहिले चरम उत्कर्षमा छ । हिमालयनको अध्यक्षमा प्रचण्ड श्रेष्ठ चयन हुनुले मर्जर भाँडिन सक्ने संकेत गरेको छ । यता लाभांश वितरणमार्फत् पनि हिमालयन बलियो हुने प्रयास गरेको छ ।

हिमालयनको चुक्ता पुँजी १० अर्ब ६८ करोड रुपैँया रहेको छ भने इन्भेस्टमेन्टको १६ अर्ब २५ करोड रुपैयाँ छ । लाभांश दिएपछि हिमालयनको १२ अर्ब ९६ करोड रुपैँया तथा इन्भेस्टमेन्टको १८ अर्ब ८ करोड रुपैयाँ पुग्नेछ ।

मर्जरका लागि डीडीएस(सम्पति दायित्व मूल्यांकन) गराउँदा इन्भेष्टमेण्टभन्दा हिमालयन अब्बल देखिएको थियो । हिमालयन बैंकले २८४ अंक पाउँदा इन्भेष्टमेण्टले २८१ अंक प्राप्त गरेको थियो । डीडीएमा जति धेरै अंक प्राप्त भयो त्यति नै अब्बल मानिन्छ । हिमालयनले चुक्तापुँजी उल्लेख्य बढाएर थप अब्बल हुने प्रयास गरेको हो ।

अर्कातर्फ असन्तुष्ट समूहको प्रतिनिधित्व गर्ने श्रेष्ठ अध्यक्ष बनेपछि मर्जर बिथोलिने पक्का जस्तो भएको छ । केही दिन अघिमात्र यी बैंकले राष्ट्र बैंकबाट मर्जरका थप ३ महिना समय लिएका छन् ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्