Shikhar Insurance

सुदुर पश्चिममा एमालेलाई धक्का, प्रभावशाली नेता जोशी समाजवादीमा

सिंहदरबार संवाददाता
२०७८ आश्विन २१, बिहीबार १२:११
NIMB
Nabil Bank

काठमाडौं । सुदुरपश्चिममा एमालेलाई ठूलै धक्का लागेको छ । एमालेका प्रभावशाली नेता समेत रहेका पूर्व मन्त्री भानुभक्त जोशी नेकपा(एकिकृत समाजवादी)मा प्रवेश गरेका छन् । पार्टी केन्द्रिय कार्यालयमा आयोजीत कार्यक्रममा पूर्व मन्त्री तथा सुदुरपश्चिमका स्थापित नेताले एमाले छाडेर एकिकृत समाजवादी रोजेका हुन् ।

पार्टी अध्यक्ष माधव कुमार नेपालले जोशीलाई माला लगाएर स्वागत गरेका थिए । ओलीको स्वेच्छाचारिताले सिमा पार गरेको र अब एमाले भन्ने पार्टीमा कम्युनिष्ट आचरण बाँकी समेत नरहेकाले आफु समाजवादी यात्रामा लागेको नेता जोशीले बताए । अब उनलाई एकिकृत समाजवादीले सुुदुरपश्चिम इञ्चार्ज बनाउने सम्भावना छ ।

Citizen Life
Kumar Bank

जोशीसँगै सुदुर पश्चिमका एक सय भन्दा बढी नेता कार्यकर्ताले समाजवादी रोजेका छन् । बझाङका जोशीलाई जनमत भएको र निर्वाचन जित्न सक्ने नेता मानिन्छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्