Shikhar Insurance

नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतमात्र हुने विश्व बैंकको प्रक्ष्येपण

सिंहदरबार संवाददाता
२०७८ आश्विन २१, बिहीबार १४:३८
NIMB
Nabil Bank

काठमाडौं । विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतमात्र हुने प्रक्षेपण गरेको छ । यसअघि आफुले गरेको आर्थिक वृद्धिदरको अनुमानमा संशोधन गर्दै विश्व बैंकले सो प्रक्षेपण गरेको हो ।

विश्व बैंकले प्रकाशन गरेको ‘साउथ एशिया इकोनोमिक फोकस’ले सन् २०२१ को जुलाइदेखि २०२२ को जुलाइसम्मको अवधिमा वास्तविक कुल गार्हस्थ उत्पादन (रियल जीडीपी) वृद्धिदर ३.९ प्रतिशतले हुने उल्लेख गरेको छ ।

Citizen Life
Kumar Bank

यो वर्ष आर्थिक वृद्धिदर शुन्य प्रतिशत हुने विश्व बैंकको अनुमान थियो ।

सरकारले चालु आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धि हुने लक्ष्य राखेको छ । सरकारको लक्ष्यभन्दा विश्व बैंकको प्रक्षेपण ३.१ प्रतिशत कम हो ।

आगामी आर्थिक वर्षमा भने ४.७ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान विश्व बैंकको छ । गत आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर १.८ प्रतिशतमा खुम्चिएको थियो । भने, अघिल्लो आवमा वृद्धिदर २.१ प्रतिशतले ऋणात्मक थियो ।

एशियाली विकास बैंकले भने चालु आवमा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशतले हुने अनुमान गरिसकेको छ ।

विश्व बैंकले ठुलो आर्थिक वृद्धिदरमा शंका गरेको प्रकाशित प्रतिवेदनले देखाउँछ । यद्यपी कोभिड विरुद्धको खोपको उपलब्धता पर्यटन गतिविधको गतिशिलता तथा वैदेशिक रोजगारीमान जाने श्रमिकको संख्या बढ्ने भएसँगै विश्व बैंकले आफ्नो अनुमान बढाएको हो ।

विश्व बैंकको प्रक्षेपणअनुसार चालु आवमा माल्दिभ्सले सर्वाधिक ११ प्रतिशत आर्थिक वृद्धि हासिल गर्नेछ । दक्षिण एसियामा सबैभन्दा कम आर्थिक वृद्धिदर श्रीलंकाले २.१ प्रतिशतमात्र हासिल गर्ने विश्व बैंकको प्रक्षेपण छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्