Shikhar Insurance

४० हजार जनालाई पर्ने मुक्तिनाथ कृषि कम्पनीको आईपीओ आउँदै

सिंहदरबार संवाददाता
२०७८ आश्विन २१, बिहीबार १५:५७
NIMB
Nabil Bank

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले ४ करोड रूपैयाँ बराबरको ४ लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ । आईपीओ निष्काशनका लागि कम्पनीले मेगा क्यापिटल मार्केट्सलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

४ लाख कित्ता सेयर १०–१० कित्ताका दरले विक्री गर्दा ४० हजार जनाले पाउनेछन् ।

Citizen Life
Kumar Bank

धितोपत्र निष्काशन सम्बन्धी सम्झौता बिहीबार मुक्तिनाथ कृषि कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकाल र मेगा क्यापिटल मार्केट्सका प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

कम्पनीले कम्पनीले जारी पुँजीको १० प्रतिशत सेयर सर्वसाधारणमा बिक्री गर्ने भएको हो ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्