Shikhar Insurance

संघीय निजामती र रेल्वे विधेयक आज संसद्‍बाट फिर्ता लिँदै सरकार

सिंहदरबार संवाददाता
२०७८ आश्विन २२, शुक्रबार ०८:५१
NIMB
Nabil Bank

काठमाडौं । सरकारले आज शुक्रबार संघीय संसदमा रहेका दुई वटा विधेयक फिर्ता लिँदैछ । केही दिन अघि बसेको मन्त्रिपरिषद् निर्णय अनुसार संघीय निजामति सेवा विधेयक २०७५ र रेल्वे विधेयक २०७६ फिर्ता लिइन लागिएको हो ।

संघीय संसदका दुबै सदनको बैठक दिउँसो १ बजे बस्दैछ । प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले निजामती सेवा विधेयक फिर्ता लिने प्रस्ताव पेस गर्ने कार्यसूची छ ।

Citizen Life
Kumar Bank

रेल्वे विधेयक राष्ट्रिय सभामा उत्पत्ति भई प्रतिनिधि सभामा विचाराधीन छ । फिर्ता लिन राष्ट्रिय सभाको सहमतिको निमित्त प्रतिनिधि सभाको सिफारिस प्राप्त गर्ने प्रस्तावसमेत प्रस्तुत गर्ने कार्यसूची छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्