Shikhar Insurance

सुन बजारमा दसैंको प्रभावः आज पनि सुनको मूल्य तोलामा दुई सयले बढ्यो, चाँदीको भाउ स्थिर

सिंहदरबार संवाददाता
२०७८ आश्विन २२, शुक्रबार १३:२७
NIMB
Nabil Bank

काठमाडौं । दसैं लागेसँगै साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९० हजार ४०० रुपैयाँ कायम भएकोमा शुक्रबार दुई सय रुपैयाँले बढेर ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार छापावाल सुन प्रति १० ग्राम ७७ हजार ६७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार १५० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७७ हजार २९० रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बिहीबार सुनको मूल्य ५ सय रूपैयाँले बढेको थियो ।

शुक्रबार चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार १७० रुपैयाँ काम भएको छ । बिहीबार पनि सोही मूल्यमा कारोबार भएको थियो । चाँदीको मूल्य प्रति १० ग्राम एक हजार तीन रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्