Shikhar Insurance

गुल्जार असन, भाइरल फेसन ! (फोटोफिचर)

सिंहदरबार संवाददाता
२०७८ आश्विन २५, सोमबार १८:१०
NIMB
Nabil Bank

काठमाडौं । दसैंलाई टिका जमरा अर्शिवादसँगै, मिठो खाने, नयाँ लुगा लगाउने, रमाइलो गर्ने पर्वको मनाइन्छ । यसैकारणले गर्दा वर्षदिनभरी हुने व्यापारको ६० प्रतिशत हिस्सा चाडवर्पको समयले ओगटेको हुन्छ ।

यसपटकको दसैं संघारमै आइपुगेको छ । तर, काठमाडौंका मुख्य व्यापारिक क्षेत्रमा व्यवसायीहरु अघिल्ला वर्षहरुको तुलनामा ५० प्रतिशत पनि व्यापार नभएको गुनासो गर्छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

देशको राजधानीमा उच्च शिक्षासँगै रोजगारी र अन्य सेवा सुविधा/सहुलियतको सदुपयोग गर्न यहाँ सबै जिल्लाबाट आउने गर्छन् । यी सबै चाडपर्व मनाउनलाई नै भएपनि यही समयमा आफ्नो गृह जिल्ला फर्किन्छन् ।

काठमाडौंका अस्थायी बासिन्दाहरु गृह जिल्ला फर्किदा अधिकांशले चाडपर्वलाई आवश्यक सामान खरिद गरेर नै जाने गर्छन् । विषेशगरी चलनचल्तीमा रहेको नयाँ कपडा नै खरिद गर्ने प्रचलन छ ।

अघिल्ला वर्षहरुमा बाहिरी जिल्लाबाट आउनेले घट्स्थापनाभन्दा अघिबाटै कपडा किन्न भिडभाड गर्ने भएपनि यो वर्ष पहिलेको तुलनामा भिडभाड नै नभएको काठमाडौं असनका व्यपारी राकेश जैशवाल बताउँछन् । यसपाली भने कपडा खरिद गर्न आउने ग्राहक पनि अधिकांश सामाजिक सञ्जालमा भाइरल भएका सस्तो कपडा खोज्न आउने उनको भनाइ छ ।

‘जस्तोसुकै निम्न वर्गका नेपालले पनि दसैंमा एकजोरसम्म लुगा किन्ने भन्दै अघिल्ला वर्षहरुमा घटस्थापना अघिबाटै भिड हुन्थ्यो, व्यापार पनि मनग्ये हुन्थ्यो,’ व्यपारी जैशवालले सिंहदरबारसँग भने, ‘यसपाली पसलमा आउने ग्राहक पनि टिकटक, फेसबुक तिर भाइरल भएका सस्तो दामका लुगा खोज्दै आउँछन् ।’

जसले गर्दा महंगो लागत परेका कपडा पनि सस्तोमा बेच्नु बाध्य हुँदा नाफा कम भएको उनको गुनासो छ ।

अहिले दसैं बजारमा व्यापारिक क्षेत्रका अधिकांश पसलमा भाइरल कुर्ता, कुर्थी, टि–सर्टहरु डमीमा सजिएका देख्न सकिन्छ । जसको मूल्य न्यूनतम ५ सय रुपैयाँदेखि अधिकतम ४ हजार रुपैयाँसम्म तोकिएको छ ।

हेर्नुहोस्, प्रताप देवकोटाले काठमाडौंका विभिन्न व्यापारिक क्षत्रेमा खिचेका तस्बिरहरूः

 

GBIME

प्रतिक्रिया दिनुहोस्