Shikhar Insurance

लगातार ५ दिन बैंक तथा वित्तीय संस्था बन्द हुँदै, दसैंमा पैसा चाहिएमा के गर्ने ?

सिंहदरबार संवाददाता
२०७८ आश्विन २४, आईतवार १३:२१
NIMB
Nabil Bank

काठमाडौं । लगातार ५ दिन बैंक तथा वित्तीय संस्थाहरु बन्द हुँदैछन् । सोही कारणमा बैंकमा अत्यावश्यक काम भएमा भोलिसम्म सक्नुपर्ने । २०७८ सातको दसैं असोज २१ गतेदेखि शुरु भइसकेको छ ।

जसमा असोज २६ गतेदेखि पुलपातीदेखि असोज ३० गते एकादशीसम्म ५ सरकारी तथा निजी क्षेत्रका सबै संघ सस्था तथा रोजगार प्रतिस्ठानहरु बन्द गरिन्छ ।

Citizen Life
Kumar Bank

सरकारले नै यसअवधिलाई सार्वजनिक बिादा घोषणा गरिसकेको छ । भने, बैंक तथा वित्तीय संस्थामा पनि पुलपातीदेखि एकादशीसम्म ५ दिन बिदा हुने नेपाल राष्ट्र बैंकले सार्वजनिक सुचना प्रकाशित गरिसकेको छ ।

दसैंको बिदामा बैंक तथा वित्तीइ संस्थाको सबै शाखा कार्यालयहरु बन्द हुने भएपनि एटीएम, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ भने सुचारु नै हुन्छन् । जसकारणले गर्दा दसैमा सामान खरिद गर्न होस् या दक्षिणा प्रयोजनकै लागि पनि ग्राहकले एटीएम, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ प्रयोग गर्न सक्नेछन् ।

दसैंको बिदामा एटीएम मेसिनहरु खाली नराख्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई भनिसकेको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्