Shikhar Insurance

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकममा उत्साह

सिंहदरबार संवाददाता
२०७८ आश्विन २४, आईतवार १५:५९
NIMB
Nabil Bank

काठमाडौं । आइतबार नेप्से १८ दशमलव ५३ अंकले घटेर दुई हजार ६ सय ६२ दशमलव ५८ विन्दुमा रोकिएको छ । आज नेप्सेमा २२० कम्पनीको ७२ लाख ५१ हजार ७४४ कित्ता सेयर किनबेच हुँदा कुल ४ अर्ब ४९ करोड ८० लाख बराबरको कारोबार भएको छ ।

सबैभन्दा बढी महिला लघुवित्त कम्पनीको कारोबार भएको छ । कम्पनीको १८ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

फाइनान्स, जीवन बीमा र म्युचल फन्डको समूहको सूचक सामान्य बढेका छन् भने भने बाँकी सबै समूह शून्यदेखि एक प्रतिशतको हाराहारीले ओरालो लागेर राताम्मे भएका छन् ।

नेप्सेका अनुसार आज चार कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । सर्वाधिक सेयरमूल्य बढ्ने कम्पनीमा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, मैलुङ खोला जलविद्युत कम्पनी, जीवन विकास लघुवित्त र महिला लघुवित्त कम्पनी छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्