Shikhar Insurance

भाखा नाघेको ६ महिनासम्म कर्जा असूली गर्न नपाइने, ब्याज पुँजीकरणको बाटो खुल्यो

सिंहदरबार संवाददाता
२०७८ आश्विन २५, सोमबार १२:०२
NIMB
Nabil Bank

काठमाडौं । राष्ट्र बैंकले ऋणीलाई कर्जा भुक्तानीको समय थप गरेको छ । भाखा नाघेको ६ महिनासम्म ऋणीलाई कर्जा भुक्तानीको समय केन्द्रीय बैंकले थप गरेको हो ।

साथै, राष्ट्र बैंकले कर्जा ब्याज पुँजीकरणका लागि समेत बाटो खुलाएको छ । ऋणीले कर्जाको पाकेको ब्याज समेत तिर्न नसकेमा सोलाई पुँजीकराण गरी नयाँ कर्जाको संरचना बैंक तथा वित्तीय संस्थाले बनाउन अब सक्ने छन् ।

Citizen Life
Kumar Bank

एकिकृत निर्देशन, २०७७ लाई संशोधनरपरिमार्जन थप व्यवस्था गर्दै राष्ट्र बैंकले एक वर्ष भन्दा बढी अबधिको लागि प्रवाह भएको कर्जा कम्तीमा भाखा नाघेको ६ महिनासम्म कर्जा असुलीको लागि सार्बजनिक सूचना तथा धितो लिलामीको कारबाही सुरु नगर्न भनेको छ । बैंकले सो कर्जालाई संकास्पदमा वर्गिकरण गरी तोकिएको प्रोभिजन गर्नु पर्ने हुन्छ ।

जारी निर्देशनमा भनिएको छ–‘कर्जा असुली सम्बन्धी कारवाही सम्बन्धमा- एक वर्ष भन्दा बढी अबधिको लागि प्रवाह भएको कर्जा असुलीको लागि सार्बजनिक सूचना तथा धितो लिलामीको कारबाही सुरु गर्नु अघि कर्जाले भाखा नाघेको कम्तीमा ६ महिना व्यतित भई कम्तीमा संकास्पद वर्गमा वर्गीकरण भएको हुनु पर्नेछ ।’

यस्तै, ब्याज पूँजीकरणका लागि भने राष्ट्र बैंकको स्वीकृत आवश्यक पर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिले निर्णय गरी कर्जाको पहिलो किस्ता प्रदान गरेको ३० दिनभित्र राष्ट्र बैंकमा निवेदन पेश गर्नु पर्नेछ । राष्ट्र बैंकले मुल्यांकन गरी स्वीकृत दिएपछिमात्र बैंकले ब्याज पुँजीकरण गर्न सक्नेछन् ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्